arrow

चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उपचारमा समस्या

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ साउन १७ मंगलबार
BLOOD_cancer.jpg

बझाङ। छविसपाथीभेरा गाँउपालीका ४ गमलागाँउ ब्यासीका आनन्द दर्जीका चार बर्षिया छोरा गौतम दर्जीलाई ब्लड क्यान्सर भए पछि दर्जी दाम्पती लाई उपचारमा गर्न समस्या भएको छ । छोरालाई ज्वरो आउनुका साथै शरीर भरी ससाना मिमिरा जस्ता फोका देखीन थाले पछि  असार १ गते जिल्ला अस्पताल सिमखेत बझाङका उपचार लागी ल्याएका दर्जी लाई डाक्टरले चेक जाँच गर्दा ब्लड क्यान्सर भएको बताए पछि उपचार गर्न खर्च नभए पछि उनिहरुलाई समस्या भएको छ  ।

जिल्ला अस्पताल सिमखेत बझाङमा उपचार नहुने भने पछि जिल्ला अस्पताल बझाङका डाक्टरहरुले नेपालगंज लैजान भन्दै सुझाब दिए । चार बर्षे गौतमलाई नेपालगंज तर्फ रिफर गर्यो । ‘घरमा भएको  कमाई खाने खेत विक्री गर भन्दै अस्पतालबाट नै मैले मेरी श्रीमती (कविता दर्जी) लाई फोन गरे आनन्द दर्जीले भने भएका कामाइखाने ३ खेत थिए । आफन्त र साहुलाई विक्री गर्यौ । छोरालाई उपचार गर्नका लागी नेपालगंज पुर्‍यायौ । नेपालगंज ५÷६ दिन जती अस्पतालमा भर्ना गर्र्यो । छैटौ दिनमा यहाँ उपचार सम्भव नहुने भने पछि नेपालगंजका डाक्टरहरुले भरतपुर लैजान सुझाब दिए । के भएको रहेछ ? भनेर जान्न खोज्दा ब्लड क्यान्सर भएको  डाक्टरले बताए ’।

डाक्टरहरुसंग राम्रो संग शुझाब सल्लाह लिए । भरतपुर भन्दा राम्रो भारत तर्फ नै उपचार राम्रो हुने भने पछि मैले छोरालाई भारतमा गएर उपचार गराउने निधो गरे आनन्दले आँखा भरी आँसु पार्दै भने ‘नेपालगंगबाट कवितालाई घरमा पठाए । थप पैसाको जोह गर्न भनेर । आफु केही दिन नेपालगंजमा नै बसे । कविता दर्जी  घरमा पुगेर भए जतीको सम्पती साहु तथा आफन्तहरुलाई  विक्री गरिन् । मलाई सम्पती होईन । बुढेस कालको सहारा छोरा चाहीएको छ । बरु भिक मागेर जसो तसो ज्यान बचाउला । छोरो राम्रो भए हुन्थ्यो हजुर’ ।

 बाँकी रकम साहुबाट ३ प्रतिशतका दरले ऋण मागेर  चार बर्षिया छोरा श्रीमती, श्रीमान सबै भारत दिल्ली पुग्यौ । भारतमा उपचार सुरु गर्ने वित्तीकै डाक्टरले छोरा गौतमलाई ब्लड क्यान्सर भएको र पैसा को जोहो गर्नु पर्ने बताए । ‘बुढेसकालको सहारा एउटै छोरा हो , आँखा भरी आँसु पार्दै कविता दर्जीले भनिन्  ब्लड क्यान्सर भनेको के हो ? मलाई त्यती जानकारी छैन हजुर , अहिले छोराको उपचार दिल्लीको अल ईण्डीया हस्पीटलमा भई रहेको छ । १५ दिन जती भयो, छोरालाई अस्पतालमा भर्ना गरेको  एक दिनको १० हजार भारु खर्च हुन्छ’ ।

अस्पतालका डाक्टरहरुले ६ लाख रुपैया भारु जम्मा गर्न भनेका छन् । हामीले जग्गा पशु चौपाया विक्री गरेर, आफन्त, साहु बाट ऋण गाढेर जम्मा भएको एक लाख भारु मात्र अस्पतालको खातामा जम्मा गरेका छौ । अब अरु विकल्प छैन । यत्रौ रकम कसरी जम्मा गर्ने ? घुक्क घुक्क रुदै कविताले भनिन्‘ हामी जस्तो गरीबका छोरा छोरीलाई पनि कस्तो किसीमको रोग दिन्छस् हे भगवान भन्दै भगवानलाई पुकार्न थालीन्’ ।

दलीत परिवार एक छाक खान पनि धौ धौ हुन्थ्यो । ‘यत्रो रकम कसरी जम्मा गरी सक्नु फेरी भएको सम्पती पनी विक्री गरी सकेयौ । पाखो जमीन एक खेतको कती नै हुन्थ्यो र ५-१० हजार मात्र । ऋण गाढेर, भएको सम्पति विक्री गरेर एक लाख भारु त जसो तसो जम्मा गरेउ बाँकी रकम जम्मा गर्न कस्लाई गुहार्ने ? बरु म मरेर छोराको उपचारका लागी पैशा आउन्थ्यो भने म मर्न पनी तयार थिए । केही विकल्प छैन । आफन्त बाँकी रहेनन् । कसैले दश हजार कसैले विस हजार दिएर नै एक लाख भारु जम्मा गरेका हौँ । अब कसलाई पैशा माग्ने ? भन्ने ठाँउ पनि बाँकी रहेन’।

‘अस्पतालको खातामा ६ लाख भारु जम्मा गर्न भनेको छ । अहिले सम्म आफन्तबाट ऋण गाढेर , भएको सबै सम्पती विक्री गरेर १ लाख भारु मात्र जम्मा गर्न सकेका छौ । फेरी डेढ महीनको समय दिएको छ । डेढ महीना भित्र सबै रकम जम्मा गरे सके मात्र बच्चाको उपचार हुनेबाला छ । उपचार ६ महीना भित्र गरी सक्नु पछृ भनेका छन् ।

एक महिना विती सक्यो ५ महिना मात्र बाँकी छन्  कबिताले भनिन् ‘ डेढ महिना भिब ६ लाख भारु जम्मा गर्न नसके  जे पनी हुन सक्छ भनेका छन् डाक्टरले । कसरी रकम जम्मा गर्ने विहान बेलुका राती पैशाको खोजीमा नै दौडधुप गरी रहेका छौ । हामी जस्तो दलीत खान पनी नपुग्ने मान्छेलाई कस्ले विश्वास गर्ने फेरी सबै सम्पती विक्री गरेर पनी यती ठुलो रकम जम्मा गर्न सकीदैन । फेरी विदेशको ठाँउ ’?

छोराको उपचार गर्न रकम कस्ले देला ? सरकार संग सहयोग मागौ भने कसरी भन्ने ?  को समक्ष जाने ? फेरी हामी जस्तो दलीत अनी गरीबलाई सरकारले हर्ने होकी हाईन ? सरकार समक्ष जाने हाम्रो न पहुँच छ । नत क्षमता नै ? अब छोरालाई केही भई हाल्यो भने जुन दिन छोरालाई केही हुन्छ  त्यही दिन हामी दुबै संगै मर्ने छौ । कस्का लागी बाँच्ने बुढेसकालको सहार नै नभए पछि घुक्क घुक्क रुदै कविता र आनन्दले गोरखापत्र संग दुखेसो गरिन्।

उनले सबैलाई अनुरोध समेत गरे जती सक्दो आ आफ्नो ठाँउ बाट सहयोग गरी दिनु होला । छहुन्जेल हामी तपाईको ऋण तिर्ने छौ । पछी हामी मरे पनी छोराले तिर्नु भनौला । अहिले सहयोग गरी मेरा छोराको ज्यान बचाई दिनु पर्यो हजुर । छोराको ज्यान बाँचे हामी बाँच्ने छौ नत्र हामी पनी खै .......।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ