arrow

क्रिकेट संघको तदर्थ समिति गठन, अध्यक्ष रमेश सिलवाल, महासचिव पवन अग्रवाल

युवा नेताको चर्चा हरायो, ओली मेनिया फस्टायो

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
can.jpg.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको तदर्थ समिति गठन गरेको छ । राखेपले रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको परिषद् सदस्य सचिव केशव कुमार विष्टले हाम्रा कुरालाई जानकारी गराए । विष्टले भने,‘राखेपको बैठक बस्ने कुरा थियो, म व्यस्त छु ।’ थप जानकारी कार्यालयले केही बेरमा गराउँछ । सिलवाल संयोजक रहेको समितिको महासचिवमा पवन अग्रवाल चयन भएका छन् ।  
 
अध्यक्ष सिलवाल एमालेनिकट मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने सिलवाल उच्च माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०को उपाध्यक्ष पनि हुन् । त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक सिलवाल हरेक क्षेत्रसंग जोडिएका छन् । परिषद्ले यसअघि २०७१ कार्तिक २० गते विनयराज पाण्डेको नेतृत्वमा गठन गरेको तदर्थ समितिमा शिलवाल महासचिव चयन भएका थिए । यद्यपि, सर्वोच्च अदालतले मान्यता नदिन भनेपछि समिति निष्क्रिय भएको थियो । महासचिन अग्रवाल क्यानका पूर्वसदस्य एवं राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । 
 
गत मंसिर २९ गते नेपाल क्रिकेट संघको एक पक्षले चुनावी साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्विरोध निर्वाचित गराएपनि उक्त कार्य समितिले वैधानिकता पाउन सकेन । चन्द यसअघि क्यानका उपाध्यक्ष थिए  । काठमाडौंको कमलादीस्थित होटल राजघरानामा भएको साधारण सभाबाट  विनोद मैनाली प्रथम उपाध्यक्ष निर्विरोध भए । क्यानको दुई उपाध्यक्षको लागि तीन जनाबीच चुनाई लडाई भएको थियो । ५३ / ३७ भोटसहित शैलेश चौधरी र दीवाकर घले उपाध्यक्ष भए । ३३ भोट ल्याएका नरेश राणा पराजित भए । महासचिवमा अशोकनाथ प्याकुरेल निर्वा्चित भए ।
१२ सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएकामा आवश्यक सदस्यसंख्या बाहेककाले उम्मेद्वारी फिर्ता लिएपछि सदस्य चयन निर्विरोध भयो । क्यान बोर्डले मनोनित सदस्य नियुक्ति गरेर त्यसबाट ५ उपाध्यक्ष, दुई सचिव र एक कोषाध्यक्ष नियुक्ति गर्ने प्रावधान छ । साधारण सभामा सहभागी ८३ प्रतिनिधिमध्ये ६२ जनाले मतदान गरे ।  साधारण सभाको उद्घाटन सत्रमा केशव घिमिरे र सुनिल अमात्यले राखेपले पठाएको पत्र पढ्न पाउनुपर्छ भनेर माग राखेपछि विवाद सिर्जना हुँदा हुलहाल भएको थियो । स्थिति शान्त पार्न प्रहरीले हस्तक्षेप गरेको थियो । घिमिरे र अमात्यले बन्द सत्र बहिष्कार गरेका थिए ।
 
को–को छन् समितिमा ?
उपाध्यक्ष : रविन्द्र अधिकारी, शैलेश कर्माचार्य र दिपक साउँद
कोषाध्यक्ष : भरत केसी 
सदस्य : एलबी क्षेत्री, दिवाकर पौडेल, हरिशंकर शाह, सुरेशलाल श्रेष्ठ, ऋतु सिंह वैद्य, निर्माण चौधरी, रन्जित तामाङ र विनायक पोखरेल
 
हरायो युवा नेताको चर्चा
क्रिकेट संघको तदर्थ समितिमा शीर्ष दलका चर्चित युवा नेताहरु देखिने बताइएकामा त्यसो भएन । केही दिन अघि मात्रै राखेप सदस्यसचिव विष्टले राजनीतिक नेतृत्व ल्याउने नल्याउनेमा विमर्श भइरहेको बताएका थिए । क्यान सुधारको रुपमा हेरिएको युवा नेता आगमनको चर्चा नयाँ तदर्थ समिति गठन भएसंगै हराएको छ । एमाले सचिव योगेश भट्टराई, कांग्रेस केन्द्रिय सदस्य गगन थापा, उदयसमशेर राणालगायत केही राजनीतिज्ञ तदर्थ समितिमा आउने चर्चा थियो । राजनीतिक सहमतिकै आधारमा युवा नेताहरुले क्रकेट संघको नेतृत्व गर्ने र निमार्णाधिन खेल संरचना पूरा गर्दै निर्वातचत टोलीलाई हस्तान्तरण गर्ने भित्रि योजना थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ