- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु तीज गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् । लोकनाथ सापकोटाको शब्द तथा लय शंकलन रहेको गीत ‘प्यारो माइती.....’ मा अनिताले स्वर भरेकी हुन् ।
उनको यो पाचौँ तीज गीत हो । तीजको मर्म र परम्परा अनुसार नै चेली र माइतीको विषय नै आफ्नो गीतले उठाएको उनले बताइन् ।
पछिल्ला केही वर्ष यता तीज गीत विकृत बन्दै गएको उनको टिप्पणी छ । तीजलाई व्यवसायिकता भन्दा पनि पर्व अनुसारको मौलिकतामा ध्यान दिनुपर्ने उनको जोड छ ।
अञ्जली अधिकारी लगायतले अभिनय गरेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
पत्रकार महासंघको अध्यक्षमा दावेदारी दिने तयारी गरेकी अनिता बिन्दुले तीज गीतमार्फत पत्रकारलाई कत्तिको फकाउने हुन् त्यो भने भोलिका दिनले देखाउने नै छ ।
https://www.youtube.com/watch?v=4t-ZMSAjTIo