- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । जन्मदिन (बर्थ डे) मा केक कट्नु सामान्य कुरा हो । तर केक माथि राखिएको ममबत्ती फुकेर निभमउनुहुन्छ भने त्यसले स्वास्थ्यलाई नोक्सान पुर्याउने एक अध्यायनले देखाएको छ । अमेरिकाको क्लेम्सन विश्वविद्यालयका फूड सेफ्टी प्रोफेसर पल डावसनले गरेको रिसर्चले फुकेर ममबत्ति निभाउनाले १४ हजार प्रतिशत ब्यक्टेरिया केकमा जम्मा हुने निष्कर्ष निकालेको छ ।
साथै उनले भने - 'जन्मदिन मनाउने व्यक्ति पहिले कुनै स्वास्थ्य समस्या भए सो रोगका जिवाणु केकको माध्यमबाट खाने मानिसको शरिरमा पुगेर अझ असर गर्नेछ ।'
डावसनले सो रिसर्च गर्न केकको माथि एल्यूमिनियम फाइल बिछाए । त्यसमाथि ममबत्ती राखे । र उक्त ममबत्तिलाई फुकेर निभाउन भने । त्यसपछि उनले सो फाइललाई ल्याब परिक्षण गराए । सो परिक्षणमा ठुलो मात्रामा ब्यक्टेरिया देखियो ।
डावसनले भने- 'उक्त ब्यक्टेरिया शरिरमा रहे इन्फेक्शन र एलर्जी हुने, ज्वरो आउने, छालाको समस्या हुने, टाउको दुख्ने आदिको समस्या हुन सक्छ ।'