arrow

सोनाक्षीसँग भजन सुन्दै बाबा रामदेव !

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
ramdev.jpg

एजेन्सी । भारतीय योग गुरु रामदेव  रियलिटी टिभि शोमा देखिने भएका छन् । रामदेव रियलिटी शो 'ओम शान्ति ओम' मा देखिने भएका हुन् । रामदेवसँग शोमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि रहनेछिन् ।

शो लाइफ ओके च्यानलबाट प्रशारण हुनेछ । शोको सुटिङ सोनाक्षी र बाबा रामदेवले मुम्बईको पवई स्थित एक स्टूडियोमा सुरु गरेका छन् ।  योग गुरु बाबा रामदेव उक्त शोमा प्रमुख जर्जको भूमिकामा रहनेछन् । ‘ओम शान्ति ओम’ मा भजन सुनाइनेछ ।  

उक्त शोमा भजन प्रतियोगिता हुनेछ । सो क्रममा बाबा रामदेवले ज्ञानवर्धक कुरा सुनाउनेछन् । ‘ओम शांति ओम’ शोको ओपनिंगको लागि रणवीर सिंह विशेष अतिथि हुनेछन् । रणवीर लगायत  टिवी स्टार मोनी राय र र्यापर बादशाह पनि आफ्नो प्रस्तुति दिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ