arrow

चिकित्सा विधेयकबारे वातमार्ने बढे, उपलब्धी शून्य

गगन र धनिराम पनि छलफलमा सरिक

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
govinda-k-c.jpeg

काठमाडौँ । संसदीय समिति र मन्त्रीबीच संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकबारे फेरि पनि छलफल भएको छ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा पदाधिकारी र मन्त्रीहरुबीच छलफल भएको हो । वुधबारको छलफल पनि निष्कर्षमा पुगेन । यसअघि मंगलबार बसेको बैठकमा समेत प्रगति शून्य भएको थियो ।

समिति सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको समिति बैठकमा यसबारे थप छलफल गरी निष्कर्षमा पुग्ने समझदारी मात्रै भएको छ ।

डा. गोविन्द केसीको जारी आमरण अनशन र उहाँसँगको वार्तालाई सहजीकरण गर्ने भन्दै भएको छलफलमा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा र प्रमुख दलका मुख्य सचेतकहरु सहभागी थिए । छुट्टै चिकित्सा शिक्षा ऐनको माग राखेर डा. केसी गएको ९ साउनदेखि ११औँ आमरण अनसनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ