arrow

काँग्रेस नेताहरु लागे पूर्वतिर

महाधिवेशनको सरगर्मी बढ्दै

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
congress-leader-purba.jpg.jpeg
कुमुद अधिकारी, विराटनगर/ गोपाल पोखरेल, उदयपुर। नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा केन्द्रीय नेताहरुको जिल्ला दौडाहा व्यापक भएको छ। जिल्ला तहका नेताहरु गाउँ तहमा खटिइरहँदा केन्द्रीय नेताहरु जिल्ला तहमा सक्रिय भएका छन्। केन्द्रदेखि गाउँसम्म काँग्रेस नेता कार्यकर्ता पुग्दै गर्दा माहौल काग्रेसको महाधिवेशनमय हुँदै गएको छ। 
 
काँग्रेस नेताहरु विभिन्न नाम र काम लिएर स्थानिय नेता कार्यकर्तासँग पुगेका छन्। काँग्रेसका प्रभावशाली नेताहरु भातृ तथा शुभेच्छुक संस्थाहरुलाई कार्यक्रम गर्न लगाएर जिल्ला पुगिरहेका छन् भने केन्द्रीय नेताहरु आफू मातहतका संस्थाहरुलाई कार्यक्रम गर्न लगाएर जिल्ला पुगिरहेका छन्। ' एक पन्थ दो काज ' भएको छ नेताहरुको जिल्ला दौडाहा। तराइ मधेश लगायत देशका सबै क्षेत्रमा संविधानका कुरा गर्न होस वा पार्टीको नीतिका बिषयमा छलफल गर्न काँग्रेसका केन्द्रीय स्तरका सबै नेताहरु दौडाहामा छन्। 
 
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश नं १ का नेका जिल्ला सभापतिहरू क्षेत्रीय सभापतिहरू लगायतका काँग्रेस अगुवाहरूलाई संविधान सम्मत नीति र विधान सम्बन्धमा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम पनि यसै मेसोमा भएको छ। यहि कार्यक्रममा भाग लिन काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सहित दुई दर्जन भन्दा वढी नेताहरु विराटनगर पुगेका छन्। सभापतिका आकांक्षी पौडेलकै नेतृत्वको प्रतिष्ठानको कार्यक्रममा काँग्रेस नेताहरु महामन्त्री कृष्ण प्रसाद सिटौला र केन्द्रिय सदस्यहरु गोपालमान श्रेष्ठ, महेश आचार्य, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, धनराज गुरुङ, शंकर भण्डारी, गगन थापा, बद्रि पाण्डे, प्रदिप पौडेल, जीवन परियार, कमला पन्त लगायतका नेताहरु छन्। प्रतिष्ठानको कार्यक्रमपछि अधिकांश नेताहरु पूर्वाञ्चलमै विभिन्न कार्यक्रममा रहनेछन भने केहि काठमाडौमा फर्कनेछन्।
 
विराटनगर पुगेका पौडेलले, राजनितिक सयन्त्र बनाएर सिमांकनको विषय टुंग्याउनेगरी मधेशी मोर्चासंग सम्झदारी वन्न लागेकाले केहि दिन भित्रै मुलुकले निकास पाउने बताए। उनले हिजै दिल्लीमा रहेका सद्भावनाका अध्यक्ष राजेन्द्र महतोसँग पनि आन्दोलन टुङ्ग्याउने बिषयमा कुरा गरेका थिए। नेपाली कांग्रेस प्रतिपक्षमा भएपनी मुलुकको समस्या समधानगर्न कांग्रेस जिम्मेवार भएर लागेको बताए। उनले समस्या समाधानका लागी मधेशी मोर्चापनी लचक भएकाले चाडै सवै विषयमा टुंगो लाग्ने बताए। सिमामा भएको अवरोधका विषयमा भारतियपंक्षसंग आफुले कुराकानी गरेकाले केहिदिन भित्रै सवै सिमा नाका पुर्ण रुपले सुचारु हुने उनको भनाइ छ। संविधान संसोधनवाटै मधेशको समस्या समाधान हुने भएकाले सभामुख विदेशवाट फर्केर आएपछी संसोधन प्रस्ताव पारित हुने उनले बताए। 
 
काँग्रेस यतिखेर मधेश मुद्धालाई सम्वोधन गर्न लागिपरेको काँग्रेस नेताहरुको भनाइबाट बुझिन्छ। नेपाली कांग्रेसका नेता एंव मधेस समस्या समाधान कार्यदलका सदस्य महेश आचार्यले राजनितिक समिति बनाएर सिमाकंनको विषय टुंग्याउन मधेशी मोर्चा सकारात्मक रहेको बताए। निश्चित समय तोकेर सिमांकनको विवाद मिलाउने विषयमा र्मोचापनी सकारात्मक देखिएकाले अव केहि दिन भित्रै निर्णायक वार्ता हुने आचार्यले बताए।
 
जिल्लमा पुगेका नेताहरुको निसाना सरकार पनि बन्ने गरेको छ। उदयपुरमा पुगेका नेपाली कांग्रेसका नेता डा रामशरण महतले काम गर्ने क्षमताको अभाव र आपसी अन्तरविरोधका कारण यो सरकार आफै ढल्ने टिप्पणी गरेका छन्। आधा दर्जन केन्द्रीय नेता तथा सांसदहरुसहित उदयपुर पुगेका महतले भने, सरकार अलमलमै र हल्का टीका टिप्पणीमै दिन कटाइरहेको छ। काम गर्ने क्षमता छैन, सरकार चलाउने स्पष्ट दृष्टिकोण पनि छैन । दृष्टिकोण, नीति तथा कार्यक्रमहरु केही छैनन । सरकारको काम डेलिभरी गर्ने क्षमता नै छैन । उदयपुरमा महतले गाईघाट, बेल्टार र रामपुरका तीनवटा कार्यक्रम भ्याए। 
 
कांग्रेसको भावी नेतृत्वका आकांक्षी नेता डा महत केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, दीपक गिरी, गुरु घिमिरे, सांसदहरु रामहरि खतिवडा, बहादुरसिंह लामा लगायतलाई लिएर उदयपुर आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ