arrow

हावाको विजुलीपछि ‘घर–घरमा ग्यासको पाइप लाइन’

ओलीको गर्जन

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
KP-oli-talking.jpg.jpeg.jpeg
काठमाडौं । हावाबाट विद्युत उत्पादन गरी एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने बताएका प्रधानमन्त्री केपी ओलीले फेरि अर्को बचन दिएका छन् । ओलीले सरकारले गर्नलागेका काम देखेर विरोधीहरु तर्सिन थालेको कटाक्ष गर्दै ग्यासको पाइपलाइन नै घर–घरमा ल्याउने बचन दिएका हुन् । 
 
आन्तरिक समस्याले गाँजेका प्रधानमन्त्री ओलीले भित्रभित्रै सरकारले जतहितका काम गरिरहेको भन्दै अब उपभोक्ताले ग्यासका सिलिण्डर बोकेर सडकमा दौडिनुपर्ने अवस्था अन्त्य हुने बताए । राजधानीमा शुक्रबार भएको एमाले विशेष समन्वय कमिटीको भेलामा ओलीले घर–घरमा ग्याँसको पाइपलाइन ल्याइदिने उद्घोष गरे । प्रधानमन्त्री ओलीले हावाबाट विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गर्ने उद्घोष गरेपछी तीन पटक लोडसेडिङ वृद्धि भएको छ । अहिले उपत्यकामा दैनिक १३ घण्टा सम्म विद्युत कटौती हुने गरेको छ । 
 
यस्तै, ओलीले चीनियाँ सहयोतिर लक्षित गर्दै डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको सुनाए । छिमेकीसंगको सम्बन्ध सुधारका लागि गर्ने भनिएको औपचारिक भ्रमण अन्योलमा रहेकैबेला प्रधानमन्त्रीले विपक्षी र असन्तुष्टलाई तर्साउने काम गरिरहेका छन् । 
 
आफुले अघि सारेका योजना पूरा गरेरै छाड्ने दृढता जनाएका ओलीले मुलुकका विभिन्न स्थानमा फास्टट्रयाक निर्माणको काम सुरु गर्न थालिएको समेत सुनाए । ओलीले भने जस्तो जनताले देख्ने कामहरुको थालनी नभई विभिन्न निकायमा नियुक्ति गर्ने कार्य बढी भएका टिप्पणी सुरु भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ