arrow

अभिनेता दिलीप कुमार अस्पताल भर्ना, एमर्जेन्सीबाट जनरल वर्डमा झारियो

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
dilip-kumar-twitter.jpg

एजेन्सी । बलिउडका पुराना अभिनेता दिलीप कुमारलाई बुधवार अस्पताल भर्ना गरिएको छ । उनलाई किड्नि सम्बन्धि  समस्याका कारण लीलावती अस्पतालमा भर्ना गरिएको हो। डाक्टरका अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ र उनलाई एमर्जेन्सीबाट जनरल वर्डमा राखिएको छ । देवदास र मुगल-ए-आजम जस्ता उत्कृष्ठ चलचित्रमा अभिनय गरेका अभिनेता पछिल्लो समय निकै कमजोर बनेका छन् ।

 डाक्टरका अनुसार उनलाई 'डिहाइड्रेशन' को समस्या छ । जसकारण उनको अन्य अंगमा पनि असर गरिरहेको छ । ९४ बर्षिय अभिनेता  हालको बर्षमा निकै पटक शारीरिक समस्याले झेलिएका छन् ।उनि यसै बर्ष ज्वरो र जोर्नीको समस्याले अस्पताल भर्ना भएका थिए।उनको श्रीमती सायरा बानो हरेक समय उनिसँगै बिताउने गरेकिछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ