arrow

मानव भ्रुण विकासमा वैज्ञानिकहरुलाई आंशिक सफलता

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
childs_heart.jpg

एजेन्सी ।  अमेरिकामा आनुवंशिक परिमार्जित मानविय भ्रुणको विकास गरिएको छ ।  उक्त भ्रुणको सिर्जना अहिलेनै कुनै क्रान्ति भने होइन तर यसको पहिलो चरण सम्भव भएको छ । गत बर्ष चीनले पनि सो प्रयास गरेको थियो ।

वैज्ञानिकहरुले मानव भ्रूणलाई बदल्न सिआरआईएसपिआर नामको नयाँ प्रविधिको प्रयोग गरेका छन् । जसमा भ्रुणलाई काट-छट गर्न सकिन्छ । सो प्रविधिमा मुटुमा पर्न सक्ने प्रभाव 'हर्टअट्याक' वाला जिन  वैज्ञानिकले हटाएका छन् । तर वैज्ञानिकहरुले उक्त मानविय भ्रुणलाई मानिस भित्र राखि सकिएको छैन ।

अमेरिकामा तयार गरिएको सो भ्रुण प्रयोग सामान्य भने होइन ।  पहिलो पटक आनुवंशिक रुपममा विकसित गरिको मानविय भ्रुण हो । चीन, दक्षिण कोरिया र अमेरिकाका वैज्ञानिहरुको समूहले कसरी जिन हटाउन सकिन्छ भनेर गरेको पहिलो सफल प्रयोग हो ।  जुन हृदयघातसँग सम्बन्धित छ ।

सो टोलिका एक सदस्यमा भारतका डा संजीव कोल रहेका छन् ।  संजीवले भने - 'नैतिक रुपमा यो भ्रुणलाई हामी कसैको कोखमा राख्ने छैनौ ।'  यो प्रयोगले मानविय विकासमा अझ ठुलो टेवा पुग्ने देखिन्छ साथै नयाँ सम्भावनाको पनि उजागर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ