arrow

बुँदागत र विषयगत छलफलमा कार्यदल

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
barta-toli.jpg.jpeg
काठमाडौं । मधेस समस्या समाधानका लागि चरणवद्ध चलफल गर्ने क्रममा तीन दल र मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक बसेको छ । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सहमति जुटाउन बुँदागत र विषयगत छलफल हुने बताइएको छ । यसअघि विहिबार भएको बैठकमा राजनीतिक संयन्त्रमार्फत् एक महिनाभित्र सीमांकन विवाद सुल्झाउन मधेसी मोर्चा सकारात्मक देखिएको थियो । 
 
मोर्चाले संयन्त्र बनाउने प्रस्तावप्रति सकारात्मक संकेत दिएपछी समस्या समाधानको बाटो खुलेको कार्यदल सदस्यहरुले बताएका छन् । मोर्चाका प्रतिनिधिले संयन्त्रको संवैधानिक वैधता र कार्यादेशबारे तीन ठूला दलको ठोस प्रतिबद्धता मागे । यसअघिको कार्यदल बैठकमा भने मोर्चाले संयन्त्र बनाउने प्रस्ताव सोझै अस्वीकार गरेको थियो । सरकार र विपक्षी कांग्रेसले तीन महिनाभित्रमा राजनीतिक संयन्त्रमार्फत सीमाङ्कनको विषय टुंगो लगाउने भन्दा मोर्चा तर्सेर भागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ