arrow

रेणुलाई ५७ मतको अग्रता, १३ सय मत गणना गर्न बाँकी

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । २० नम्बर वडाको दुई हजार मत गणना हुँदा दाहालले ५७ मतले अग्रता लिएकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ४२ हजार ५ सय ८९ मत र एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ५ सय ३२ मत ल्याएका छन् । वडा नम्बर २० को अब १३ सय २ मत गणना गर्न बाँकी छ ।

भरतपुर २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । १९ नम्बरको मतगणना सकिँदा ज्ञवालीले नै अग्रता लिएका थिए । शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ