arrow

रेणुलाई १५६ मतको अग्रता

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन् । २० नम्बर वडाको मत गणना अन्तिम चरणतिर पुग्दा दाहालले १५६ मतले अग्रता लिएकी हुन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ४२ हजार ९ सय १३ मत र एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ७  सय ५७ मत ल्याएका छन् ।

भरतपुर २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । १९ नम्बरको मतगणना सकिँदा ज्ञवालीले नै अग्रता लिएका थिए । शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ