arrow

मीस टिनको अडिसन सम्पन्न

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
audition.JPG

काठमाडौं । मीस तामाङ र मीस नेश्नल आयोजना गर्दै आइरहेका एभरेष्ट फेसन होमले यस पटक मीस टीन वल्ड गर्ने भएको छ । आगामी भाद्र ३१ गते शनिवार फाइनल कार्यक्रम गरिने यस कम्पिटशनको शनिवार पहिलो अडिसन सम्पन्न भएको छ । 

घण्टाघर स्थित जुजुबा लङ एण्ड बार पबमा आयोजित उक्त अडिसनमा १३ जना सहभागी रहेका थिए । सहभागीहरुमा डिनी तामाङ, लुइसा गुरुङ, रोमी तामाङ, रीतिका लामा, पार्वती तामाङ, रुचि वज्राचार्य, निलम अधिकारी, प्रतिमा राउत, अदिती विडारी, अस्मिता खनाल, विभूती गौतम, सञ्चिता श्रेष्ठ र पूजा सिंह रहेका थिए । 

अडिसनमा चलचित्र विकास बोर्डका सदस्य अभिनेता उत्तम केसी, र्याक गायक निर्णय श्रेष्ठ, नायिका तथा मोडल दिपाशा बिसी, कलाकार खगेश रन्जितकार, सञ्चारकर्मी अर्जनबहादुर तामाङ र मीस नेश्नल विजेता श्वेता श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

दोस्रो अडिसन लगतै विविध विषयमा प्रतिष्पर्धीहरुलाई कक्षा एवं तालिम सञ्चालन गरिने एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामा बताईन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ