arrow

जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहको उम्मेद्वारी 

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
yubraj-london.jpg

लन्डन । आगामी सप्टेप्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहले उम्मेद्वारी घोषणा गरेका छन् । 

लामो समयदेखि विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन आगामी सप्टेप्वरमा तय गरिएको छ ।

बेलायत आएदेखि जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील सिंह, चेतनाथ खनाल जनसम्पर्क समितिको सभापति रहँदा महामन्त्रीमा रही कार्य गरिसकेका छन् । 

बेलायतबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंह नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत हुन् । 

स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५६ देखि २०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको ईकाई सभापति, २०५५ मा सोहि क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र २०६० सालमा स्ववियु सभापतिको उम्मेदवार रहेका सिंह २०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत सम्मालीसकेका छन् । 

नेपालमा रहँदा र विदेशमा पनि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय सिंह, पार्टी केन्द्रसँग राम्रो सम्पर्क र बेलायतवासी कांग्रेसमा आस्थावान सबैसँग जोडिएका हुनाले आउँदो अधिवेशनमा एउटा बलियो नेतृत्वको रुपमा बेलायतवासी नेपालीहरुले लिएका छन् ।

सभापतिका प्रत्यासी सिंहले बताए, “लामो समयसम्म जनसम्पर्क समिति युके विभाजित मानसिकताका साथ गुज्रिनु परेको र समयमा अधिवेशन पनि हुन नसकेको हुँदा आगामी अधिवेशनबाट सबैलाई समेटेर एकताबद्ध बनाई ईतिहासको हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई समय सापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि पार्टीलाई रचनात्मक सहयोग पुर्‍याउन मैले उम्मेद्वारी दिने निर्णय गरेको छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ