arrow

परिवारले टुटायो श्रद्धा–आदित्यको प्रेम

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
aditya480.jpg.jpeg
मुम्बई । बलिउड नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरले फिल्म ‘आशिकी २’ मा गरेको राम्रो अभिनयले निकै तारिफ कमाए । फिल्ममा उनीहरूको क्यामेष्ट्रीलाई दर्शकले रुचाए । उनीहरूलाई रुचाउनुको अर्को कारण थियो, त्यो हो रियल लाइफमा उनीहरूको क्यामेष्ट्री मिलेकै थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा मिडियामा हटकेक नै बनेको थियो । अहिले उनीहरूको ब्रेकअप भइसकेको छ । 

आदित्य र श्रद्धा अलग–अलग व्यवहारका कलाकार हुन् । आदित्य लजालु छन् र उनी आफ्नो कुरालाई आफंै सीमित राख्न चाहन्छन् । उनीबिना कारण मिडियासँग कुराकानी गर्न चाहँदैनन् । श्रद्धा चुलबुली र बाहिर घुम्न रुचाउने किसिमकी छन् । यी दुवै अलग प्रकृतिका कलाकार भएपनि फिलम ‘आशिकी २’ ले उनीहरूलाई नजिक बनाइदियो । 

भारतीय सञ्चारमाध्यामका अनुसार जब श्रद्धाको परिवारले आदित्यसँग श्रद्धाको सम्बन्ध थाहा पायो, त्यसपछि उनीहरूको सम्बन्धमा दरार उत्पन्न सुरु भएको थियो । श्रद्धाकी आमा आदित्यलाई मनपराउँ दिनन् । करियरको सुरुवाती समयममा भएकाले श्रद्धा कुनै सम्बन्ध रहेको हेर्न नचाहने भएकौले आदित्यप्रति श्रद्धाको आमाको सोचाई नकारात्मक छ ।

आदित्यको परिवारालई भने उनीहरूबीचको सम्बन्धमा समस्या थिएन । आदित्यका भाउजु विद्या वालनलाई त श्रद्धा निकै मन पर्दथ्यो, यो कुरा उनले यसअघि सबैका सामु भनेकी थिइन् । तर आदित्य र श्रद्धाको सम्बन्धमा दुई परिवारको सहमति हुन नसकेपछि त्यतिकै तुहियो ।

यो जोडीको सम्बन्ध टुट्नुमा श्रद्धाको अर्को कारण मानिएको छ । श्रद्धालाई फिल्ममा लगातार सफलता मिलिरहेको छ । उनले एकपछि अर्को गर्दै ‘एक विलेन’, ‘हैदर’ र ‘एबीसीडी २’ जस्ता हिट फिल्म दिइन् । तर आदित्यको फिल्म ‘दावत ए इश्क’ ले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । जसकारण लामो समयसम्म आदित्य बाहिर कतै देखिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ