arrow

झाडापखाला लागेको तीन घण्टामै १९ वर्षे युवकको ज्यान गयो 

logo
गणेश खनाल
प्रकाशित २०७४ साउन २४ मंगलबार
diarrhoea.jpg

रूकुम । रुकुममा झाडापखालाका कारण १ युवकको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–११, का १९ वर्षीय गोविन्द केसीको झाडापखालाबाट मृत्यु भएको हो । 

केसीको चौरजहारी अस्पतलामा आइतबार राती १२ बजे मृत्यु भएको हो । झाडापखाला सुरु भएको ३ घण्टामै उनको मृत्यु भएको बताइएको छ । 

कामको सिलसिलामा चौरजहारी–३, मा रहेका केसीलाई अत्यधिक झाडापखाला भएपछि अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएको १० मिनेट नहुँदै  उनको मृत्यु भएको अस्पतालका डाक्टर कालेब बुढाले बताए । 

डा बुढाका अनुसार उनलाई अस्पताल पुऱयाउदा उनको होस गुमिसकेको थियो । केसीमा झाडापखालासँगै आन्तरिक रक्तश्राव पनि भएको हुन सक्ने डा बुढाले बताए । 

जिल्ला अस्पतालले भने यस विषयमा कुनै जानकारी नआएको बताएको छ । अस्पतालका मेडिकल अधिकृत डा शुशिल पोखरेलले यस बारेमा केही जानकारी नआएको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ