arrow

मधेसको समस्या लोकतान्त्रिक विधिबाट समाधान हुनुपर्छ–महामन्त्री सिटौला

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Krishna.jpg.jpeg
कुमोद अधिकारी, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सवै समस्याको समाधान गर्ने थलो संसद भएकाले मधेशी मोर्चाले संसदवाटै सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रेश युनियन मोरंङले विराटनगरमा शनिवार विहान गरेको पत्रकार सम्मेलनमा उनले जारी गतिरोध अन्त्य गर्न संविधान संसोधन वा राजनीतिक आदेशमार्फत पुरा गर्न संसद नै उपयुक्त थलो रहेको बताए ।

जनताको निर्वाचित सर्वोच्च संस्था संसद भएको उल्लेख गर्दै महामन्त्री सिटौलाले मधेशको समस्यालाई लोकतान्त्रि विधि र प्रक्रियामा रहेर समस्याको खोज्नुपर्नेमा उनले जोड दिए । सिमाकनको विषय राजनीतिक सयन्त्रमार्फत टुग्याउनेगरी छलफल भईरहेको उनले बताए ।

महामन्त्री सिटौलाले सक्रमणकालिन अवस्थामा जारी गरिएको संविधान कार्यान्वयन गरेर मुलुकमा स्थायीत्व कायम गर्न पनि दलहरुविच एकता जरुरी रहेको बताए । उनले जसरी मुख्य तिनदल मिलेर संविधान जारी गरे अव त्यसैगरी संविधान कार्यान्वयनका लागी एकता आवश्यक रहेको बताए ।

महामन्त्री सिटौलाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आफुले कुन पद्मा उठने भन्ने कुरा तया गरि नसकेको भन्दै महाधिवेशन पछि नेपाली कांग्रेस नया कार्यदिशा र योजना सहित अगाडी वढने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ