arrow

तारुका र बेत्रावतीमा २८ हल गोरु जुधाइने

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
12507269_799305256844609_8318154049357941780_n.jpg.jpeg

नुवाकोट । यो वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा १८ हल गोरु जुधाइने भएको छ । त्यसैगरी बेत्रावतीमा पनि १० हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्तिमा मनाइने गोरु जुधाई मेला सम्पन्न गर्न तारुका र वेत्रावतीमा स्थानीयबासीले विशेष तयारी थालेका छन् । ‘तारुकाको पौरख नेपालीको गौरब’ मूलनाराका साथ तारुका गोरु जुधाई मेलाको भव्यरुपमा उद्घाटन गर्ने तयारी भएको तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले जानकारी दिए ।


तारुका गाविस–५ चन्दनीमा सदियौंदेखि गोरु जुधाउने मेला गरिँदै आएको छ । यस मेलाको अवलोकन गर्न कच्ची बाटोमा धुलाम्मे हुदै हजारौं सर्वधारण तारुका पुग्ने गरेका छन् । जुधाउनका लागि गोरुको दर्ता सुरु भएको छ । तारुकामा बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामली आउँदा उनलाई मनोरन्जन प्रदान गर्न गोरु जुधाउन थालेदेखि यो परम्परा शुरु भएको किम्बदन्ती छ ।


त्यसपछि लामो समय विदेश बसेर आएका स्थानीयबासीहरु माघे संक्रान्तिका अवसरमा घर फर्कन भएकाले गोरु जुधाएर रमाइलो गर्ने गरिएको स्थानीय बुढापाकहरु बताउँछन् । गोरु जुधाउन जनकराज ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय माघे संक्रान्ति मेला व्यवस्थापन समितिको गठन गरिएको छ । यस मेलालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने स्थानीयबासी तथा जिल्ला विकास समिति नुवाकोटका पुर्व सभापति नारायणप्रसाद खतिवडाले बताए 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ