arrow

सुल्तानमा सलमानको नायिका अनुष्का

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Anushka.jpg.jpeg
मुम्बई । यशराजा फिल्मस्ले आफ्नो नयाँ फिल्म ‘सुल्तान’का लागि नायिकामा अनुष्का शर्मालाई अनुबन्ध गरेको जनाएको छ । फिल्ममा उनले अभिनेता सलमान खानसँग रोमान्स गर्नेछिन् ।

यो फिल्म निर्माणको घोषणा एक वर्ष अघि नै गरिएको थियो । यसपछि फिल्मको नायिकाको लागि कंगना रनावत, दीपिका पादुकोण, कृति सेनन र परिणति चोपडाको नाम पनि लिइएको थियो । यो फिल्ममा शुरुमा अनुष्काको नाम आए पनि उनले फिल्ममा खेल्नका लागि कुनै पनि कुरा नभएको बताएकी थिईन् ।

यशराज फिल्मस्को कास्टिङ निर्देशक सानु शर्माले ट्वीटरमा फिल्मको अभिनेत्रीमा अनुष्का हुने उल्लेख गरेका छन् । ट्वीटरमा ५० वर्षे अभिनेतालाई २७ वर्षीया अभिनेत्रीले अंगालो मारेको फोटो ट्वीट गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ