arrow

केन्यामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
Flag_of_Kenya.svg__.png

नैरोबी । केन्यामा मङ्गलबार राष्ट्रपति छनोटका लागि आमनिर्वाचन सुरु भएको छ । आगामी राष्ट्रपतिका लागि हालका राष्ट्रपति उहुरु केन्याटा र उनका प्रतिद्वन्द्वी राइला ओडिङ्गाको बीचमा कडा प्रतिश्पर्धा रहेको बताइएको छ । 

मतदान तुलनात्मक रुपमा सामान्य रुपमा सुरु भएको जनाइएको छ । यहाँ निर्वाचनको कारण हिंसा भड्किने त्रास रहेको बताइएको थियो । बिगतका निर्वाचनमा हिंसा भड्किएर सयौँ नागरिकको ज्यान जाने गरेकोले कडा सुरक्षा व्यवस्था अपनाइएको समाचारमा जनाइएको छ । केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताहरुले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् । 

मतदान सुरु हुनु भन्दा केही घण्टा अगाडी नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदाताहरुलाई धम्की र हिंसाको दबाबमा नपर्न सुझाव दिएका थिए । यस निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनानउ बारम्बार आग्रह गरेका छन् । 

निर्वाचनमा १ करोड ९० लाख भन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका छन । मतदानका लागि बिहानै देखि नागरिकहरु लामबद्ध भएका देखिएको छ । अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि १ हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनु परेको थियो ।  सिन्हवा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ