arrow

एम्बुलेन्समा स्टाफ ओसार्ने स्थिति बन्द गर्न आफू नयाँ गाडी चढेनन् कान्ति अस्पतालका अध्यक्ष

आचार्यले ६ महिनामा गरेका २० सुधारका कार्यहरु (सूचीसहित)

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
kanti_director.jpg

काठमाडौं । सुवोधराज आचार्य कान्ति बाल अस्पतालको अध्यक्ष बनेर आएको ६ महिना मात्रै भयो । उनी कान्तिमा आएपछि कान्ति बाल अस्पतालले एउटा नयाँ मुहार फेरेको छ । काठमाडौं महानगरपालिकाले अहिले मह‌ंगो गाडी किन्ने निर्णय गरेको भनेर चलाइएको चर्चासँग पनि सकारात्मक टिप्पणी सहित आचार्यको समेत नाम जोड‍्ने गरिएको छ ।

केही समय अघि आफूलार्इ चढ्नको लागि एउटा मह‌ंगो गाडी किन्ने प्रस्ताव आउँदा सो गाडी भन्दा पनि दुर्इ वटा अस्पतालका कर्मचारी बोक्ने गाडी किन्न प्रस्ताव गरेको विषयलार्इ पनि धेरैले सामाजिक सञ्जालमा महानगरपालिकाको गाडी खरीद प्रकरणसँग जोड्ने गरेका छन् । 

यो विषयमा चर्चा बढेपछि हामीले पनि उनले कान्ति बाल अस्पतालमा पदभार ग्रहण गरेपछि गरेका सुधारका कार्यहरुबारे आचार्यसँग नै कुराकानी गरेका थियौं । उनले गरेका २० कामहरुलार्इ हामीले पनि बुँदागत रुपमा प्रस्तुत गरेका छौं । 

१) कान्ति बाल अस्पताल विकास समिति भएता पनि यसको कार्यालय नभएकोमा विकास समितिको कार्यालय स्थापना । 
२) विस्तारित स्वास्थ्य सेवा अन्तर्गत ३~५ बजे सम्म पेईगं क्लिनिक संचालन सुरु। साथै बिस्तारित स्वास्थ्य सेवा अन्तर्गत सर्जिकल सेवा सुर हुन लागेको। 
३) नवजात शिशुलाई बाल स्वास्थ्य महाशाखा द्वारा निर्धारित निःशुल्क स्वास्थ्य सेवा। 
४) स्वास्थ वीमा कार्यक्रम अनुरुप सेवा बिस्तार। 
५) अस्पताल भवनमा रंगरोगन कार्य। 
६) पुर्ण रुपमा बन्द रहेको दुईवटा शौचालय पुर्न निर्माण कार्य भैरहेको। 
७) पानीको समस्या हुनेगरेकोमा नयाँ बोरिङ गरी पानीको स्थायी समाधान । 
८) प्रमुखलार्इ चढ्न भनी कार किन्न राखेको चालीस लाख रुपैयाँ मध्ये स्टाफ गाडी ७ सिटे र १४ सिटे २ वटा किन्ने निर्णय गरी एम्बुलेन्समा स्टाफ ओसार्ने परिस्थितिको अन्त्य। 
९) नियमित हरेक महिनाको पहिलो शनिवार सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय गरी काम समेत सुरु गरेको। 
१०) अर्थोपेडिक वार्ड बन्द भएको धेरै भएकोमा  मन्त्रालयलाई अनुरोध गरी चिकित्सकको व्यवस्था गरी हाल सो सेवा सुचारु। इएनटी वार्ड पनि बन्द रहेकोमा सुचारु गर्ने प्रयास जारी। 
११) सीटी स्क्यान मेसिनमा समस्या आएकोले केही उपकरण नै फेर्नु पर्ने भएकोले खरिद गरी निर्माण कार्य सुरु गरी सेवा सुचारु गर्ने तयारी। 
१२) अस्पतालको कम्पाउण्ड वाल भुकम्पमा परी जमिन अतिक्रमणमा पर्ने जोखिम रहेकोले नयॉ पर्खाल निर्माण कार्य भैरहेको। 
१३) सुझाव पेटिका अध्यक्षको प्रत्यक्ष निगरानीमा साप्ताहिक रुपमा खोल्ने ब्यवस्था। 
१४) करारमा रहेका कर्मचारीहरुलाई काममा उत्साह ल्याउन वार्षिक रुपमा दशैंको अतिरिक्त भत्ताको ब्यवस्था। 
१५) आईसियूमा रहेको १८ शैया सधैं नपुग हुने गरेको हुँदा बिस्तारका निम्ति आवश्यक जनशक्ति पुर्तिगरी ५२ शैयाको आईसियू सञ्चालनको अन्तिम चरणमा। हाल ३७ शैया संचालनमा। 
१६) अस्पतालको फार्मेसी हुने औषधिको अभावलाई न्यूनीकरण गरी लगभग ७०% औषधि उपलब्धता। 
१७) भवनमा रहेको केही स्थलहरुमा विगत लामो समयदेखि ढल चुहावटले किचडजन्य फोहोर भएकोले हाल ब्यवस्थापन गरी सफा सुग्घरमा ध्यान दिईएको।
१८) सिविनको सहयोग तथा उनीहरुकै  निर्माणमा ३ करोड लागतमा २ तल्ले बाल मानसिक रोगको उपचारका निम्ति भवन निर्माण कार्यको पु्र्व स्वास्थ्यमन्त्री गगन थापाबाट शिलान्यास  साथै भवन निर्माण पश्चात तीन वर्ष सो सेवा सञ्चालन गर्ने सहमती। 
१९)आशमान नामक संस्थाको ५० लाखको निर्माण सहयोगमा क्यान्सर वार्डलाई पूर्ण रुपमा संक्रमणरहित बनाउन पुर्ननिर्माण कार्य सुरु। 
२०)आईसियूको वेडको अवस्था अस्पतालको वेवसाईटमा  र ईमरजेन्सीमा  मोनिटर राखी सहजरुपमा सर्वसाधारणले थाह पाउने गरी सुचना दिने प्रबिधिको सफ्टवेयर निर्माण कार्य सुरु। 

दुर्इ वर्षको लागि नियुक्त भएका उनको अब बाँकी कार्यकाल १८ महिना रहेको छ । उनले आगामी १८ महिनाको लागि पनि विषयगत रुपमा सूधारको लागि छुट्टै योजना बनाएर बसेको पनि बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ