arrow

प्राध्यापक नियुक्तको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, नियुक्ति खारेजीको माग 

logo
ईश्वरदत्त बडू 
प्रकाशित २०७४ साउन २५ बुधबार
far-western-university.jpg.jpeg

कञ्चनपुर । नेपाल विद्यार्थी संघले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेको छ । 

सुप विश्वविद्यालयले नियम प्रकृया मिचेर प्राध्यापक नियुक्त गरेको भन्दै मंगलबार नेविसंघ कञ्चनपुरले तालाबन्दी गरेको हो । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले सुप विश्वविद्यालयमा भईरहेको वेथिती बिरुद्धमा तालाबन्दी गरिएको बताए ।
 
उनका अनुसार विज्ञान तथा प्रविधि संकायका डिन प्राडा पूर्णबहादुर चन्दले आफु निकटका तर्कराज जोशीलाई सोझै सुपको उप– प्राध्यापक पदमा नियुक्ती दिएको
बिरुद्धमा नेविसंघ आन्दोलित भएको बताए । 

सुप विश्वविद्यालयको ऐन, नियम प्रकृया मिचेर एकलौटी ढङगबाट गरिएका नियुक्ती खारेजी गर्न समेत नेविसंघले माग गरेको छ । 

विज्ञापन विनै आफुखुसी निजी कम्पनीमा कमर् चारी राखेको शैली बिरुद्ध सुप केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा अनिश्चितकालिन
तालाबन्दी गरिएको केन्द्रीय सदस्य चन्दले बताए ।

विश्वविद्यालय स्रोतका अनुसार सुप विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र डिनको मिलोमतोमा नियम मिचेर सिनियर हुँदाहुँदै जोशीलाई नियुक्ती दिएको छ । 

बोडिङ्ग संचालनका लागि नियम चाहिएपनि सुप विश्वविद्यालय संचालन गर्न उपकुलपति र रजिष्ट्रारले नियम लत्याउँदै आफु निकटकालाई नियुक्ती गरेको स्रोतको दाबी छ । 

सिद्धनाथ विज्ञान क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख चन्दले सुपमा डिन भए लगत्तै विज्ञानबाट जाँदाजाँदै आफुखुसी एक उप–प्राध्यापकलाई नियुक्ती गरेपछि नेविसंघ र
क्रान्तिकारीको बिरोधपछि विज्ञान क्याम्पसले चन्दले दिएको नयाँ नियुक्ती कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । 

उनी सुप विज्ञान तथा प्रविधि संकायको डिनमा नियुक्ती भएको महिनादिन नवित्दै आफु निकटका कर्मचारी शिक्षक भर्ना गरेर विवादमा तानिएका छन् । 

विज्ञान र सुपको नियुक्तीको विषयलाई लिएर दुवै क्याम्पसमा उनको तिव्र आलोचना भईरहेको छ । 

नेवि संघका पुर्र्व केन्द्रीय सदस्य विष्णुदत्त जोशीले सुप विश्वविद्यालयका उच्च पदाधिकारी नै विश्वविद्यालय स्वाहा पार्ने खेलमा लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

सुप विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राडा पूर्णबहादुर चन्दले आफुलाई नयाँ प्राध्यापक नियुक्तीको विषयमा कुनै जानकारी नभएको बताए । 

सुप विश्वविद्यालय बिरोधी भन्दै उनको नियुक्तीको बिरोध गरेका विद्यार्थी संगठनले सुपमा जथाभावी शिक्षक कर्मचारी भर्ना गरिए त्यसको बिरुद्धमा उत्रिने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ