arrow

'सत्याकृत' समूहको लोकलयमा आधारित नयाँ भिडियो सार्वजनिक

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
satyakrit.JPG

काठमाडौ । हजुरबुबाको पालाको भजनकीर्तन र नातीको पुस्ताको ‘पप गीत’ एकैपटक जोडेर बन्ने नयाँ संगीतबाट संगीतप्रेमीहरूलाई आनन्द दिने ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले नयाँ म्युजिक भिडियो 'सत्य सत्य मिलेर' सार्वजनिक गरेको छ । पशुपती शर्माको स्वर रहेको सो भजनमा बिजय गौतमको शब्द एवम सत्याकृत आफ्नै संगित रहेको छ।

लोकलयमा आधारित भजन 'सत्य सत्य मिलेर' सत्यकृत ब्याण्डले आफ्नै युटुव च्यानलबाट सार्वजनीक गरेको हो। यस भन्दा अघि  पूर्वीय र पाश्चात्य बाध्यबाधनहरुको प्रयोग गरि पूर्वीय सास्त्रीय, लोक, रक फ्युजन, इन्स्त्ट्रुमेन्टल भजन ल्याएको ब्याण्डले पहिलो पटक लोकलयमा आधारित भजन ल्याएको बताएको छ।

विभिन्न शैलीहरुमा  देश भक्ति, इश्वर भक्ति, गुरुभाक्ति आदि बिषयमा प्रस्तुति दिदै आएको ब्याण्डले देशका प्रमुख शहरहरु पोखरा, धरान, बुटवल, इटहरी, बिराटनगर, नारायणघाट, इलाम, झापा, चरिकोटमा कार्यक्रम गरिसकेको छ।

ब्याण्डले समाजमा सकारात्कम सदभावना वृद्धि गर्नको लागी साङगितिक आध्यात्मिक अभियान संचालन गरिरहेको समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ