अनिल कपुर विवाहको ३३ वर्षपछि पनि श्रीमतीसँग डरले थरर
अनिल कपुरले पोखे आफ्ना अन्तरकथा
प्रकाशित २०७४ साउन २५ बुधबार
1.3k
Shares
एजेन्सी ।अनिल कपुरले आफु श्रीमती सुनीतासँग निकै डराउने गरेको बताएका छन् ।अनिल र सुनीताको विवाह भएको ३३ बर्ष पुरा भएको छ । तर उनिहरुको सम्बन्धमा कुनै चिसोपन आएको छैन । अनिलले सो कुरा एक अन्तर्वार्ताको क्रममा भनेका हुन् । उनले सो अन्तर्वार्ताको क्रममा आफ्ना अन्तरकथा सुनाएका छन् । हामिले सोहि अन्तरकथालाई नेपालीमा अनुवाद गरेका छौ ।प्रस्तुत छ अन्तरकथाको केहि अंश ।
'मलाई आफ्नो श्रीमती सुनीतासँग निकै डर लाग्छ । जब म घर पुग्छु तब म एक आज्ञाकारी श्रीमान्को भुमिकामा हुन्छु । तर जब म सुटिङ सेटमा वा बाहिर निस्कन्छन् तव मोज मस्ती गर्दै समय बिताउछु ।'
'छोरि सोनम र रिया केहि बर्ष देखि काम गर्न सुरु गरेका छन् । हर्षवर्धनले हालै एउटा चलचित्रमा अभिनय गरेको छ । कहिले कुनै चलचित्र सफल हुन्छ कहिले हुदैन । ‘मिर्जिया’ मा उसले धेरै मेहनत गरेको थियो तर चलचित्र सफल भएन । मेरो पहिलो चलचित्र ‘लम्हे’ पनि सफल भएको थिएन । मेरा सबै सन्तान आ-आफ्नो स्थान बनाउदैछन् । रियालाई हलिउडबाट चलचित्र प्रोडक्शनको अफर आएको छ ।'
'राज कपुर साहब मलाई सबैभन्दा मन पर्ने कलाकार हुन् । बहाँ भन्नुहुन्थो मनोरञनात्मक चलचित्र बनाउ दर्शकलाई हसाँउ र त्यसमा केहि सन्देश देउ । राज साहबले पनि मलाई मन पराउनुहुन्थो । ‘परमवीर चक्र, नामको चलचित्रमा मलाई खेलाउन चाहानुहुन्यो तर चलचित्र बन्न सकेन ।'
'राज साहब जुँगा राखनुहुन्थियो ।त्यसैले मैले पनि जुगाँ राखेको हु । चार्ली च्याम्पियन जुगाँसँगै मनोरंजन दिन सक्थे भने म किन सक्दिन भन्ने लाग्यो र मैले जुगाँ राखे ।जुगाँ काट्ने मेरो कुनै चाहाना छैन ।'
' एक समय मैले पनि शरिर बनाएको थिए ।नाक-कान छेडेको थिए । शरिर पनि नियन्त्रणमा थियो तर सो समय ती कुराको कुनै मतलब हुदैन थियो । आजकल यस्तै समाचार ज्यादा आउछ तर हलिउडमा जस्तै यसको अन्त्य हुनेछ भन्ने मलाई लाग्छ । हलिउडमा लुक भन्दा ज्यादा अभिनयमा ध्यान दिइन्छ त्यहाँ काम मात्र हेरिन्छ ।'
'‘२४ सीरीज़’ को तेस्रो सीजन चाडै सुरु हुदैछ । चलचित्र ‘फन्ने खां’ को सुटिङपछि त्यसको प्रचारमा लाग्नेछु ।चलचित्रको कथामा काम सुरू भएको छ । बुढो हुन र मर्न त सबैले पर्छ । त्यो प्राकृतिक नियम हो ।अवकाशको ख्याल मनमा आउछ । जब सम्म दिमाग र शरीरमा बल हुन्छ तबसम्म काम गर्नेछु ।'