arrow

अनिल कपुर विवाहको ३३ वर्षपछि पनि श्रीमतीसँग डरले थरर

अनिल कपुरले पोखे आफ्ना अन्तरकथा

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
Anil-Kapoor-with-his-wife.jpg

एजेन्सी ।अनिल कपुरले आफु श्रीमती सुनीतासँग निकै डराउने गरेको बताएका छन् ।अनिल र सुनीताको विवाह भएको ३३ बर्ष पुरा भएको छ । तर उनिहरुको सम्बन्धमा कुनै चिसोपन आएको छैन ।  अनिलले सो कुरा एक अन्तर्वार्ताको क्रममा भनेका हुन् । उनले सो अन्तर्वार्ताको क्रममा आफ्ना अन्तरकथा सुनाएका छन् । हामिले सोहि अन्तरकथालाई नेपालीमा अनुवाद  गरेका छौ ।प्रस्तुत छ अन्तरकथाको केहि अंश ।    

'मलाई आफ्नो श्रीमती सुनीतासँग निकै डर लाग्छ । जब म घर पुग्छु तब म एक आज्ञाकारी श्रीमान्‌को भुमिकामा हुन्छु । तर जब म सुटिङ सेटमा वा बाहिर निस्कन्छन् तव मोज मस्ती गर्दै समय बिताउछु ।'


'छोरि सोनम र रिया केहि बर्ष देखि काम गर्न सुरु गरेका छन् । हर्षवर्धनले हालै एउटा चलचित्रमा अभिनय गरेको छ । कहिले कुनै चलचित्र सफल हुन्छ कहिले हुदैन । ‘मिर्जिया’ मा उसले धेरै मेहनत गरेको थियो तर चलचित्र सफल भएन  । मेरो पहिलो चलचित्र ‘लम्हे’ पनि सफल भएको थिएन । मेरा सबै सन्तान आ-आफ्नो स्थान बनाउदैछन् ।  रियालाई हलिउडबाट चलचित्र प्रोडक्शनको अफर आएको छ ।'

'राज कपुर साहब मलाई सबैभन्दा मन पर्ने कलाकार हुन् । बहाँ भन्नुहुन्थो मनोरञनात्मक चलचित्र बनाउ दर्शकलाई हसाँउ र त्यसमा केहि सन्देश देउ । राज साहबले पनि मलाई मन पराउनुहुन्थो । ‘परमवीर चक्र, नामको चलचित्रमा मलाई खेलाउन चाहानुहुन्यो तर चलचित्र बन्न सकेन ।'

'राज साहब जुँगा राखनुहुन्थियो ।त्यसैले मैले पनि जुगाँ राखेको हु ।  चार्ली च्याम्पियन जुगाँसँगै मनोरंजन दिन सक्थे भने म किन सक्दिन भन्ने लाग्यो र मैले जुगाँ राखे ।जुगाँ काट्ने मेरो कुनै चाहाना छैन ।'

' एक समय मैले पनि शरिर बनाएको थिए ।नाक-कान छेडेको थिए । शरिर पनि नियन्त्रणमा थियो तर सो समय ती कुराको कुनै मतलब हुदैन थियो ।  आजकल यस्तै समाचार ज्यादा आउछ तर हलिउडमा जस्तै यसको अन्त्य हुनेछ भन्ने मलाई लाग्छ ।  हलिउडमा लुक भन्दा ज्यादा अभिनयमा ध्यान दिइन्छ त्यहाँ काम मात्र हेरिन्छ ।'

'‘२४ सीरीज़’ को तेस्रो सीजन चाडै सुरु हुदैछ । चलचित्र ‘फन्ने खां’  को सुटिङपछि त्यसको प्रचारमा लाग्नेछु ।चलचित्रको कथामा काम सुरू भएको छ । बुढो हुन र मर्न त सबैले पर्छ । त्यो प्राकृतिक नियम हो ।अवकाशको ख्याल मनमा आउछ । जब सम्म दिमाग र शरीरमा बल हुन्छ तबसम्म काम गर्नेछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ