arrow

बेरोजगार युवालाई लक्षित गर्दै मेला, ठाउँको ठाउँ जागिर

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
job.jpg

काठमाडौँ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । 

यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए । 

उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । “बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौँ” उनले भने– “फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।” 

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए । 

उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् । 

फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । 

अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ