arrow

बिर्तामोडमै स्वाइन फ्लुको उपचार,हल्ला भए जस्तो खतरा छैन

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
Become-a-Medical-Doctor.jpg

बिर्तामोड  । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले सुक्रबार देखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । 

स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले बताए । 

स्वाइन फ्लुको उपचारका लागि सरकारका तर्फबाट विशेष तालीमसमेत लिएर आएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु (सघन उपचार कक्ष) अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ । 

स्वाइन फ्लुको संक्रमण भए-नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको सरकारको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुने समेत डा दिलीप शाहले जानकारी दिए। 

स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले सुक्रबारदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । स्वाइन फ्लुको उपचारका लागि बीएण्डसी अस्पतालले सम्पूर्ण तयारी गरेको र सबैका लागि उपचार सहज बनाउन अस्पताल लागिपरेको निर्देशक प्रसार्इंको भनाइ छ । 

स्वाइन फ्लुको संक्रमणको जोखिम बढेसँगै झापामा त्यसको उपचारका लागि बीएण्डसी अस्पतालसँग सरकारीस्तरबाटै सम्झौता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताए । 

पौडेलका अनुसार झापामा हल्ला भए जस्तो स्वाइन फ्लुको खतरा नरहेको र अवस्था सामान्य तथा नियन्त्रणमा नै रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ