arrow

ईकलेज सुन्दरीका अनेक प्रतिभा

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Miss-Ecollege-talentshow-(25).JPG.jpeg
काठमाडौं। मिस ईकलेज सिजन ६ मा सहभागी १६ जना प्रतियोगीहरुले पुतली सडक स्थित नेम क्याफेमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन। उक्त कार्यक्रममा विजिता श्रेष्ठले मन्जुश्री नृत्य प्रस्तुती संगै कार्यक्रमको सुभारम्भ भएको थियो। प्रतिक्षा वानीया , सृजना गुरुङले पनि विभिन्न नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने मैना पुन मगरले भुकम्पको वारेमा आफ्नो धारणा राखेकी थिइन भने सुमीत्रा थानेटले  पेन्टीङ गरेर त्यसको महत्वको वारेमा वोलेकी थिइन त्यतैगरी प्राची अर्यालले नारीको विषयमा आफनो भनाइ प्रस्तुत गरिन भने अचर्ना श्रेष्ठ र मोनीका लामाले गितारकोे मिठो धुनमा गित गाएर उपस्थित दर्शकहरुलाई मन्त्र मुग्ध वनाएकी थिइन । त्यस्तै सन्ध्या मगर, सन्जीना गोपाली  पवित्रा श्रेष्ठ ग्यानी आचार्य र विजिन्ता थापा मगर   आफ्नो नृत्य मार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमा निर्णायक मण्डलमा राजेन्द्र राई (नृत्य निर्देशक),रेजीना तुलाधर –(कर्पोरेट ट्रेनर ,विजनेश साइकोलोजीष्ट) विकास सुवेदी (मिडिया पर्सनालीटी तथा म्यूजीक भिडियो डाइरेक्टर) र सुदन चौहान(इन्डो ग्लोवल कन्सलटेन्सी म्यानेजीङ डाइरेक्टर) रहेका थिए।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको  लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिईएको हो।    

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ । माघ १ गते शुक्रवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा नाचघर स्थित जमलमा हुनेछ । प्रतियोगिताका विजेताले ‘मिस ईकलेज २०१५’ को ताज उपाधि सहित रु एकलाख ५० हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २० हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ