arrow

नेपाली उच्चशिक्षा प्रर्बद्धन गर्न दुई दिने शैक्षिक मेला हुने

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
edu_fair.jpg

काठमाडौं ।  नेपालमा उच्चशिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुने भएको छ । भिजनमिडिया ईन्कर्पोरेशन र एजूकेशन डट कम मुख्य आयोजक रहेको मेला आगामी साउन २८ र २९ गते राजधानीको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा  संचालन हुनेछ ।  

'स्वदेशी शिक्षा सबैको इच्छा' भन्ने मूख्यउद्देश्य रहेको मेलाको मूख्य  प्रायोजक इस्लिटन कलेज रहेको छ । मेला २ दिने मेला बिहान १० बजेदेखि साझ ६ बजेसम्म चल्नेछ ।  


 मेलामा विद्यार्थीले अध्याप गर्ने विषय, शूल्क, छात्रवृति, परामर्श जानकारी लिन सक्नेछन् ।मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, तथा विभिन्न अन्तर्राष्ट्रिय  विश्वविद्यालयसँग आवद्ध विभिन्न  कलेजहरुले विद्यार्थीहरुलाई निःशूल्क परामर्श दिनेछन् ।

 बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लू, बिबिएस, बिएस्सीसिएस आईटी, बिडेभ्स लगायतकोर्ष पढ्न चाहाने बिद्यार्थी यो मेलाबाट लाभान्वित हुने आयोजकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ