arrow

रन्जु दर्शनाको कविता : बिति सक्यो समय

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
ranju_darsana.jpg

बिति सक्यो समय,
आइसक्यो मिति
भनिएको १०१ काम
सिमित हुँदैछ नाममा
लाम उस्तै छ कर तिर्न
दाम बढेको छ कर लिन
सुविधाको नाममा
आफैँ उदाउने घाम
जनताको लागि सधैँ
धुलो हिलो खाल्डो र जाम
मरेर नानी बाँचे पनि
खै के कदम?
खै के मलम?
रेलिङ्ग राख्नु भएछ खाल्डोमा
लाखौँमा कति वटामा लाउने?
वर्षातमै बढि पिरोलेको खाल्डो
पैसा खेर भनि नपुरेर बस्दा
जाला फेरी निर्दोसी ज्यान
सँगै जान्छ तपाईको मान!
बरु, पैसा नपुगे नगरबासीले देलान्
मान्छेको ज्यान फर्काउने कसरी?
मेयर ज्यु को होस
बेलैमा खुलोस।
नगरबासीलाई सधैँ माया मिलोस
खबरदारीको काममा छु संगै
साथ चाहिएको बेला
सम्झना गर्नुहोस्।
तर याद राख्नुहोस,
हरेक भोटले
अठोट प्रदान गरेको छ।
अनि साँच्चै!
नयाँ गाडी आएछ
पुरानो हुँदा हुँदै,
तर,
मेयरको हैसियत
मिल्ने गाडीमा
कसरी हुइंकिनुहुन्छ
गाडीको हैसियत
नमिल्ने सडकमा???
त्यसैले मेयर ज्यु,
अहिले
अस्थाई रुपले खाल्डो पुर्नुस
केहि राहत लोकल बसमा
हिंड्ने नगरबासीलाई पनि दिनुस्।
१०१ काम नि गर्नुस
बिस्तारै बिस्तारै.....
(रन्जु दर्शना विवेकशील साझा पार्टीकी नेतृ हुन् ।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ