arrow

बंगबन्धुमा नेपालको मलेसियासँग अंक बाँडफाँड

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Fotball.jpg.jpeg
काठमाडौं । बंगलादेशको जेसोरमा जारी बंगबन्धु गोल्डपअन्तर्गत शनिवार नेपालले पहिलो खेल मलेसियाको फेल्डा युनाइटेड फुटबल क्लबसँग गोलरहित खेलेको छ ।

अधिकांश अन्डर २३ का खेलाडीहरु र केही सिनियर खेलाडी रहेको नेपाली टिम र दुई वर्तमान राष्ट्रिय खेलाडी तथा अन्य पूर्व खेलाडी सम्मिलित मलेशियाली टिमबीच भएको प्रतिष्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएको हो । 

मलेसियाको यो फूटबल क्लब त्यहाँ हुने मलेसिया सुपरकपमा पाँचौं स्थानमा छ भने यो टिम मलेसिया कपको सेमिफाइनलमा पनि पुगिसकेको छ । आगामी मंगलबार हुने दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ