- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' शुक्रबार सार्वजनीक भएको छ । चलचित्र प्रमोशनका लागि अक्षय सरसफाई अभियान देखि शहर-शहरसम्म पुगेका छन् ।
चलचित्रको प्रमोशनमा अक्षय लगायत अन्य कलाकार पनि थपिएका छन् । वरुण धवन, अर्जून कपूर देखि लिएर रणवीर सिंह र सिद्धार्थ मल्होत्रा पनि अक्षयको चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को प्रमोशनमा लागेका छन् । अक्षय र भूमि पेडणेकर टिभि लगायत लाइभ इभेन्टमा चलचित्रमो प्रमोशन गरिरहेका छन् ।
चलचित्रमा अक्षय र भूमि पेडनेकरको मुख्य भुमिका रहेको छ । चलचित्रले भारतको ग्रामिण क्षेत्रमा रहेको बिकृतिलाई नङगाएको छ । साथै चलचित्रमा ट्वाइलेटका लागि अक्षयले गरेको संघर्ष देखाइएको छ ।