arrow

कर छलीको समाचार लेख्ने पानामा पेपर्सलाई यो वर्षको पुलित्जर पुरस्कार

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
panama_papers.jpg

काठमाडौं । विश्वकै सर्वाधिक ठूलो पुलित्जर पुरस्कार यो वर्ष राजश्व सम्बन्धी समाचार खुलाशा गर्ने पानामा पेपर्सलार्इ दिर्इएको छ । विश्वका ठूलाठूला भ्रष्टाचार तथा गैरकानूनी आयआर्जनसँगै ठूलाठूला व्यापारीहरुको कालोधनबारे ठूलो खुलाशा गर्ने पानामा पेपर्सले लेखेको समाचारको आधारमा छानविन गर्दा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई समेत सत्ताच्यूत हुनुपरेको थियो । साेही पत्रिको टीमलार्इ यस वर्षको सर्वाधिक ठूलो पत्रकारिता पुरस्कार दिर्इएको हो ।

पानामा पेपर्सलेलेखेको समाचार अनुसार कोलम्बियाको विश्वविद्यालयले दिने सो पुरस्कार यो वर्ष पानामाको टीमलाई दिने निर्णय गरिएको उल्लेख गरिएको छ । पुरस्कार छनोट समितिले झण्डै ३ सय जना पत्रकारहरुले ६ वटा देशका व्यवसायी तथा राजनीतिज्ञहरुले गरेको करछलिको विषयमा खुलाशा गरेको समाचारलाई सो पुरस्कार दिने निर्णय गरिएको पानामा पेपर्सले जनाएको छ । 

पानामा पेपर्सले पाएका पुरस्कारहरुको शिलशीलामा यो पुरस्कार सबैभन्दा पछिल्लो हो । पानामाले यो पुरस्कारसँगै अन्य १६ वटा अन्तराष्ट्रिय स्तरको पुरस्कार पाईसकेको छ । यो पुरस्कार पाईसकेपछि आईसीआईजेका निर्देशक गेराल्ड रेलीले भने ‘यो पुरस्कार अमेरिका र समग्र विश्वलाई एउटा राम्रो टीमवर्ककको साहसिक कामकोलागि सुझाव हो । हामी यो बोर्डको निर्णयलाई सम्मान गर्छाै ।’
 
पानामा पेपर्सले ५० देशका करको दायरा बाहिर गएका १ सय ४० कम्पनीहरुको सूची समेत निकालेको थियो । सो सूचीमा राजनीतिक दलका नेताहरुको समेत संलग्नता रहेको पुष्टि गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ