arrow

एशियाकै पहिलो विमान अपहरणको रहस्य खोल्ने वृत्तचित्र सार्वजनिक 

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
Plane-Hijacked-By-Congress-1.jpg

काठमाडौं । पञ्चायती शासनको समयमा तत्कालीन विद्रोही काँग्रेस नेताहरुले गरेको विमान अपहरणको रहस्य खुल्नेगरी पत्रकार जगत नेपालले एउटा वृत्तचित्र सार्वजनिक गरेका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा ‘प्रजातन्त्रको लागि अपहरण’ नामक सो वृत्तचित्र प्रदर्शन गरिएसँगै नेपाली राजनीतिक जगतमा एउटा नयाँ बहस सुरु भएको छ । 

वि स‌ं २०३० सालमा भएको सो विमान अपहरणका मुख्य योजनाकार स्व गिरिजा प्रसाद कोइराला नेतृत्वको टोलीले विमान अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पुर्‍याइएर ल्याण्ड गराएका थिए । उक्त विमानअपहरण गर्ने काममा कोइरालालाई सहयोग गरेका थिए दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेलले। सो विमान अपहरण के कालागि गरिएको थियो भन्ने विषयमा अहिलेसम्म पनि आ–आफ्नै ढंगले विश्लेषण गर्ने गरिएको भएपनि यसको स्पष्ट कारणभने अहिलेसम्म पनि कसैलाई थाहा छैन । यस विषयमा न त जीवीत हुन्ज्याल मुख्ययोजनाकार कोइरालाले यसको रहस्य खोले न त अन्य सदस्यहरुले नै । एउटा अन्तर्वार्ताको क्रममा एकपटक त्यही टोलीका सुवेदीले पैसाको लागि विमान अपहरण नगरिएको भन्दै त्यतिबेला एउटा नयाँ काम गरेर विश्वलाई नेपालमा चलिरहेको प्रजातन्त्र विरुद्धको आन्दोलनबारे जानकारी दिने उद्देश्य रहेको बताएका थिए । तर, उनको अन्तवार्तालेमात्रै पनि नेपालीहरुको मनमा देखिएको रहस्यको पोको भने खुस्किएको थिएन ।  

यसरी नेपालको इतिहासमा घटेको महत्वपूर्ण ऐतिहासिक घटनाको लोपहुनसक्ने चिन्ता बढीरहेको बेलामा मुख्य योजनाकार कोइरालासँग लामो समय नजिक रहेर काम गरेका पत्रकार नेपालले आफ्नो बृत्तचित्र मार्फत् यसको रहस्योद्घाटन गरेका हुन् । पत्रकार नेपालले बृत्तचित्र सार्वजनिक गर्दै सो विमान अपहरण एशियाकै पहिलो विमान अपहरण रहेको दाबी गरेका छन् । उनले प्रजातान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घटनाको संरक्षण गर्नको लागि आफूले यो वृत्तचित्र तयार पारेको बताए । 

काँग्रेसका उच्च तहका नेताहरुसमेतलाई राखेर सार्वजनिक गरिएको सो बृत्तचित्रमाथि राजनीतिक दलका नेताहरु, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी, पेसाकर्मी तथा अन्य व्यक्तित्वहरुले सकारात्मक टिप्पणी गरेका छन् । बृत्तचित्र सार्वजनिक भएपछि सो विषयमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा लगायतले यो विषय प्रजातान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण विषय भएको भन्दै यसलाई सबै नेपालीसामु पुर्याउनु जरुरी रहेको टिप्पणी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ