arrow

वाइवाई सातौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सिक्किमको विजयी शुरुवात

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
falgunanda.jpg.jpeg
जितेन्द्र भण्डारी,पाँचथर । पाँचथरको फिदिममा आज बाट वाइवाई सातौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा के.एफ.सी सिक्किम भारतलले विराट स्पोर्टस एकेडेमी मोरङ ११ विराटनगरलाई ४–२ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिम बाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
 
 ट्राइबेकरमा सिक्किमका तर्फबाट हाङसो लिम्वू,आइत शर्मा,दावा लेप्चा र राज कुमार लिम्वुले गोल गरेका थिए ।  मोरङ ११का तर्फ बाट बुद्दमान राई र  मनिष अधिकारीले गोल गरेका हुन् । प्रतियोगिताको म्यान अफ दि म्याच सिक्किमका निकेश लिम्वू घोषित भए । प्रतियोगिता अन्र्तगत भोली माइभ्याली क्लव इलाम र आयोजक फिदिम स्पोटिङ क्लव फिदिम वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।
 
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया हात पार्नेछ । प्रतियोगिताको फाइनल आगामी माघ २ गते शनिवार हुनेछ । प्रतियोगितामा के.एफ.सी सिक्किम भारत,चर्च ब्जाइज यूनाइटेड काठमान्डौ,विराट स्पोट्स क्लव मोरङ,विर्तामोड यूनाइटेड झापा ११,एपीएफ पूर्वान्चल,माइभ्याली क्लव इलाम,के.एस.एस ताप्लेजुङ, र आयोजक फिदिम स्पोटिङ क्लवको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ