arrow

भारतकै कारण डुवान भएको भन्दै एमालेले संसदमा दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
UML_samsad.jpg

काठमाडौं । मुख्य विपक्षी दल एमालेले देशभर बाढी र पहिरोबाट भएको जनधनको क्षति, रातहत, उद्धारबारे छलफल गर्न भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । आइतबार एमाले उपाध्यक्ष एवं सांसद भीम रावलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

रावलले सांसदहरु कृष्णभक्त पोखरेल, शत्रुघन महतो र ऋषिकेश पोखरेको समर्थनमा प्रस्ताव दर्ता गरे । दर्ता प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई मुख्य जिम्मेवार भनिएको छ । छिमेकी देश भारतले सीमा क्षेत्रमा बनाएको तटबन्ध र बाँधका कारण तराई क्षेत्रमा बाढी तथा डुबानको समस्या निम्तिएकाले दीर्घकालीन समाधान खोज्नु पर्ने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा बाढी, पहिरोमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोजी र पीडितको तत्काल उद्धार गर्न माग गरिएको छ । यस्तै, तत्काल राहत वितरणको कामलाई समेत तीब्रता दिन पनि भनिएको छ ।  

दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सभामुखले तोकेको दिन र समयमा छलफल हुनेछ । बिहीबारदेखि सुरु भएको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण अहिलेसम्म ६५ जनाको मृत्यु हुँदा ३६ जना वेपत्ता छन् । कयौँ विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ