arrow

बाढी पीडितको आपतकालिन उपचारका लागि स्वास्थ्यमन्त्री पोखरेलको ९ बुँदे रणनीति

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
giriraj_p.jpg

काठमाडौं । बाढीपहिरोबाट क्षति भएका स्थानहरुमा स्वास्थ्य सेवाको समस्या नहोस् भन्नको लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ रणनीति ल्याएका छन् । साउन २७ देखि परेको अविरल बर्षाबाट परेको विपद व्यवस्थापनको लागि शनिबार मन्त्री पोखरेलले दिएको निर्देशन र गृहमन्त्रालयको वैठकको निर्देशन पछि स्थास्थ्य मन्त्रालयले १० बुँदे रणनीति तयार पारेको हो ।  

मन्त्रालयका सम्बन्धित शाखाका निर्देशक समितिको बैठकले यस विपद्को समस्यालाई परेको क्षति र त्यसबाट पर्न  सक्ने स्वास्थ्य समस्यालाई न्युनीकरण गर्न देहाय वमोजिमको व्यवस्था गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

१. सवै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारीहरू समेत आफ्नो कार्यक्षेत्रमा रही कार्य गर्न निर्देशन दिने । विदा वसेकाहरू सवै विदा छोट्टाई कार्य क्षेत्रमा फर्किन लगाउने । 

२. यस विपदको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको संयोजकत्वमा विपद व्यवस्था कमिटी वनाई कार्यान्वयन गर्ने । सो कमिटीले हाललाई ४ बटा टोली बनाई प्रभावित क्षेत्रका समन्वयको लागि विराटनगर, जनकपुर, रौतहट र नेपालगंज पठाउने । देनिक विहान ९.३० बजे र साँझ ५ बजे स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा भए गरेका कार्यहरू र जिल्लाका अवस्थाको वारेमा जानकारी दिनेछ ।

३. यस विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्याङ्कनको प्रतिवेदन अनुरूप कार्ययोजना बनाई विपद् व्यवस्था कमिटीलाई कार्य योजना दिन प्राविधिक सल्लाहाकार समितीले प्राविधक सहजीकरण गर्ने ।

४. यस विपद्लाई नियमित सम्पर्कमा रहनको लागि यस स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा उपसचिव २४ सै घन्टा सम्पर्कमा रहन श्री सत्य आचार्य, भीम सापकोटा, लक्ष्मी मरासिनी, संन्जिव गौतम र उपेन्द्र के.सीलाई खटाईने ।

५. जिल्लाका स्वास्थ्य संस्थाहरूबाट स्कुलहरू र अन्य क्षेत्रमा क्याम्प गरी वसेका जनताको स्वास्थ्य अवस्था र निजहरूलाई रोग लाग्न नसक्ने गरी स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने  र सो को जानकारी र अवस्थको प्रतिवेदन क्षेत्र र स्वास्थ्य सेवा विभागको विपद व्यवस्थापन केन्द्रमा दैनिक रूपमा गराउने । 

६. रोगको रोकथाम र स्वास्थ्य सुदृढीकरण सम्वन्धमा सूचना प्रवाह गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संन्चार केन्द्रले गर्ने ।

७. प्रभावित जिल्लाका सबै अस्पतालहरूमा ७ दिनको लागि प्रभावितहरूको लागी निःशुल्क स्वास्थ्य सेवा दिन व्यवस्था गर्न जिल्लाहरूलाई निर्देशन दिने ।

८. बाढी पश्चात देखिने रोगहरु जस्तै, झाडापखाला, हैँजा आउँ, हेपाटाइटिस, टाईफाइड र सर्पदंश जस्ता समस्याहरू देखापर्न सक्ने हुदा आवश्यक, औषधि र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने ।
९ विपपदमा खटिने स्वास्थ्यकर्मीहरूकोलागी रेस्क्यु ज्याकेटको व्यवस्था गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ