arrow

यसरी समातिए ७ जना जुवाडे

१८ किलो चरेससहित २ जना पक्राउ

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
police-arrest-juwade.jpg.jpeg
रुकुम। जिल्ला प्रहरी कार्यालय रुकुमले जुवा खेलिरहेको अवस्थामा मुसिकोट नगरपालीका ५ सोलावाङबाट ७ जनालाई प्रकाउ गरेको छ। गोविन्द बुढाको कोठामा जुवा खेल्दै गरेको अवस्थामा नगद एक लाख ६८ हजार एकसय ४५ रुपायाँ सहित रङगेहात प्रकाउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेका ४० वर्षका गोबिन्द बुढा, २८ वर्षका अनिल गिरी, अर्का २८ वर्षकै राजु के.सी, १७ वर्षका किरण के.सी. रेहेका छन्। यस्तै पिपल गाविस वडा नं. ४ घर भएका ४४ बर्षका रंङग खत्री, स्यालाखदी गाविस वडा नं. ५ बस्ने ३५ बर्षका प्रकास बुढा र छिवाङ गाविस वडा नं. २ बस्ने ३४ बर्षका दिपक के.सी.लाई प्रहरीले प्रकाउ गरेका हो। उनिहरुलाई जुवा ऐन अनुसार कारवाही भैरहेको प्रहरीले जनाएको छ।
 
यसैविच लागु पदार्थ चरेस ओसार पसारमा संलग्न भएको आरोपमा बागलुङमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम जिल्ला काक्री गाविस ३ की ४२ वर्षीय दानमाया बुढा र काक्री गाविस २ की ५० वर्षकी जोकमाया बुढा रहेको प्रहरीले जनाएको छ।
 
रुकुमबाट चरेस लिएर बेच्न हिँडेका उनीहरुलाई प्रहरीले १८ किलो चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिए। उनीहरुलाई निसीको भल्कोटबाट बुर्तिवाङ तर्फ आउँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसमा छड्के चेक जाँजको क्रममा पक्राउ गरिएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ