एनआएन पोल्याण्डको नेतृत्व गोपाल राईलाई, टिम सर्वसम्मत चयन
प्रकाशित २०७४ साउन ३१ मंगलबार
1.2k
Shares
वासा । एनआएन पोल्याण्डको चौथो अधिबेशनले गोपाल राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
सोमबार भएको अधिवेशनले उपाध्यक्षहरूमा नरेश सापकोटालगायत दुई जना, महासचिवमा श्रीकृष्ण न्यौपाने, सचिव, कोषाध्यक्षमा खेमबहादुर खड्डका, आईसिसि प्रतिनिधिमा डा बोधराज सुबेदी , महिला प्रतिनिधिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
युवा सयोजक र सदस्यहरूमा चतुर तामाङ, दोजे लामा, माया गुरूङ निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधि तथा तथा प्रमुख अतिथिमा एनआएन पोर्चुगलका अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा डा बोधराज सुवेदी, डा यलिना सुवेदी लगायतले बोलेका थिए ।