सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका विचमा आज साँझ वार्ता हुने भएको छ । मुस्लिम गठबन्धनसँग आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बार्ता हुन लागेको हो ।
उनीहरुलाई प्रधानमन्त्री केपी ओलीले वार्तामा आउन आह्वान गरेपछि गठबन्धन वार्तामा जाने तयारीमा रहेको छ ।
प्रधानमन्त्री ओलीले गत शुक्रवार गठबन्धनका संयोजक समिम अन्सारीलाई लिखित पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । वार्तामा गठबन्धनले उठाएका मागका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।