arrow

जिदान प्रशिक्षणको पहिलो खेलमै ग्यारेथ बेलको ह्याट्रिक

मलाई अरुसंग नदाज्नुस् : जिदान

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Real-Madrid-Welsh-forwa.JPG.jpeg
एजेन्सी । स्पेनिश क्लव रियाल मड्रिडले नयाँ प्रशिक्षणको पहिलो खेलमै फराकिलो जित हासिल गरेको छ । फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदान प्रशिक्षक भएर आएपछि रियालका ग्यारेथ बेलले उनको पहिलो प्रशिक्षण खेलमै ह्याट्रिक गरेका छन् ।  स्पेनिश ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा रियालले डेपोर्टीभो लाकोरुनालाई ५–० को फराकिलो अन्तरले हरायो । खेलको १५औं मिनेटमा करिम बेन्जेमाले पहिलो गोल गरे । २३ मिनेट देखि ६३ मिनेट सम्मको समय एकलौटी बेलको कब्जामा रहयो । उनले क्रमशः २३, ४९ र ६३औं मिनेटमा गोल गरे ।
 
बेन्जेमाले निर्धारित समयको अन्तिममा व्यक्तिगत दोस्रो गोल गरेपछि टोली ५–० को फराकिलो अन्तरले विजयी भयो । सुरु देखिनै दबाबमा परेको डपोर्टीभोका खेलाडी आक्रामक बनेपनि गोल गर्न सकेनन् । डेपोर्टीभोका तीन खेलाडीले पहेंलो कार्ड पाए । जितसंगै रियालको १९ खेलबाट ४० अंक भएको छ ।  ला लिगामा टोलीको प्रदर्शन खस्किएको भन्दै रियालले गत सोमबार मात्रै मुख्य प्रशिक्षक राफा बेनिटेजलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो । रियालबाटै प्रशिक्षण करिअर सुरु गरेका बेनिटेजलाई रियालले नियुक्त गरेको सात महिनाको छोटो अवधिमै बर्खास्त गरेको हो । बेनिटेजको बहिर्गमनपछी आएका जिदान यसअघि रियालको जुनियर टिमका प्रशिक्षक थिए । जिदान रियाल मड्रिडमा आएपछि उनको विगतलाई लिएर निकै चर्चा सुरु भएका छन् । चर्चाबारे प्रतिक्रिया दिँदै जिदानले आफुलाई अरुसंग नदाज्न भनेका छन् । 
 
जिदानको विगत हेर्दा उनी चाँडै आवेगमा आउने फुटबलर हुन् । जिदानले सन् २००६ मा भएको विश्वकप फुटबलको फाइनलमा मैदानमै विपक्षी टोलीका खेलाडीलाई टाउकोले हिर्काएर रातो कार्ड पाएका थिए । उनले ईटली र फ्रान्सबीचको फाइनलको ११०औं मिनेटमा आक्रामक हुँदै ईटलीका सेन्टर ब्याक मार्को माटेराजीलाई टाउकोले हानेर जमिनमा लडाएका थिए । यद्यपि, जर्मनीको बर्लिन ओलम्पिक स्टेडियममा भएको विश्वकप ईटलीले नै जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ