arrow

बाबु मान्दै पुगे शाहरुख दिलीप कुमारलाई भेट्न

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
shah-rukh-khan-dilip-kumar.jpg

एजेन्सी । लीलावती अस्पतालबाट ५ दिन पहिले डिस्चार्ज भएका दिलीप कुमारलाई भेट्न हालै  शाहरुख खान उनको घर पुगेका छन् । सो अवसरको तस्विर दिलीप कुमारकी श्रीमती  सायरा बानोले आफ्नो सोशल हेन्डलमा  पोस्ट गरेकी छन् ।

 सो समय  शाहरुख दिलीप कुमारको निधारमा किस  गर्दै  उनिसँग समय बिताएका छन् ।  ट्विटर पोस्टमा सायराले लेखिन् शाहरुख दिलीप साहबले बोलेका छोरा हुन् ।   शाहरुखसँग छोरा सुहाना पनि दिलीप कुमारलाई भेट्न पुगेका थिए ।

सायराले आफ्नो ट्वीटमा दिलीप कुमारको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको बताएकी छन् । उनको शरिरमा पानीको कमिले  मृगौलामा समस्याको कारण स्वास्थ्यमा अचानक  खराबि आएको  थियो ।

 दिलीप कुमार शाहरुखका प्रिय अभिनेता हुन् । साथै दिलीप कुमार  पनि शाहरुखलाई  रुचाउछन् । दुवैबीचको सम्वन्धमा न्यानोपन कयौपटक देखिएको छ ।

केहि बर्ष पहिले एउटा म्याग्जिनको कभरमा  इन्डियन सिनेमाका तीन आइकन स्टार्स लाई लिइएको थियो । उक्त तस्विरमा दिलीप कुमार, अमिताभ बच्चन र शाहरुख खानसँगै थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ