arrow

सुटिङमा घाइते भए अमिताभ

ढाडमा लाग्यो चोट

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Amitabh.Bachchan.jpg.jpeg
मुम्बई । बलिउड फिल्म ‘तीन’को सुटिङका क्रममा बलिउड मेगास्टार अमिताभ बच्चन घाइते भएका छन् । अमिताभले ट्वीटरमा ट्वीट गर्दै आफ्नो ढाडमा चोट लागेको जनाएका छन् । ७३ वर्षे अभिनेता अमिताभ कोलकातामा सुजाय घोषको फिल्मको सुटिङमा व्यस्त हुँदा घाइते भएका हुन् । उनी घाइते हुनासाथ मेडिकल चेकअपका लागि मुम्बई फर्किएका थिए ।

चिकित्सकका अनुसार उनको ढाडको चोट ठिक हुन अझै केही समय लाग्नेछ । अमिताभले आफुले सिटी स्क्यान गरेर फर्किएको टवीटरमा उल्लेख गरेका छन् । उनले आफ्ना फ्यानलाई चिन्तित नहुन पनि आग्रह गरेका छन् ।

‘अब समस्या छैन, भोलि कलकत्ता फर्किन्छु र ‘तीन’को सुटिङ गर्नेछु, जीवन एक निरन्तर प्रक्रिया हो ।’ उनले ट्वीटेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ