arrow

४२ वर्ष पुगे 'कहो ना प्यार हे' हिरो

सन् २००० मा रिलिज भएको फिल्म ‘कहो ना प्यार है’ बाट उनी हिरो भए

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Hrithik_Rado.jpg.jpeg
मुम्बई । आफ्नो अभिनयका कारण दर्शकको मनमा बस्न सफल बलिउड अभिनेता ऋतिक रोशन आइतबारबाट ४२ वर्षे उमेरमा पाइला टेकेका छन् । ६ वर्षको उमेरदेखि बाल कलाकारका रुपमा फिल्ममा अभिनय गरेका उनलाई अभिनेता तथा निर्देशक पिता राकेश रोशनले अभिनयलाई निखारता ल्याउन मद्धत गरेका थिए ।

सन् १९८० मा फिल्म ‘आशा’ बाट अभिनय यात्रा शुरु गरेका उनी त्यो बेला ६ वर्षका थिए । यो फिल्ममा उनले एक गीतमा नृत्य गरेर दर्शकको दिल जितेका थिए । यो पछि फिल्म ‘आपके दिवाने’, ‘आसपास’, ‘आसरा प्यार का’ र ‘भगवान दादा’ मा बाल कलाकारका रुपमा काम गरे ।

सन् २००० मा रिलिज भएको फिल्म ‘कहो ना प्यार है’ बाट उनी हिरोका रुपमा फिल्ममा धमाकेदार इन्ट्री गरे । फिल्ममा उनी लभर व्याईका रुपमा नायिका अमीषा पटेलसँग देखिए । यो फिल्मको निर्देशन उनकै पिता राकेशले गरेका थिए । अमीषासँग उनको जोडी फिल्मी पर्दामा हिट रह्यो । यसै फिल्मबाट ऋतिकले बेष्ट एक्टरको अवार्ड पनि चुमे ।

‘कहो ना प्यार है’ पछि उनका फिल्म ‘फिजा’, ‘मिसन कश्मिर’ जस्ता फिल्मले बक्स अफिसमा दम देखाउन सकेनन् । तर फिल्म ‘कभी खुशी कभी गम’ले ऋतिक रोशनलाई एकपटक पुन सफलताको स्वाद चखाईदियो, जसमा अमिताभ बच्चन, शाहरुख खान, जया बच्चन र काजोल जस्ता स्टार अभिनित थिए ।

बक्स अफिसमा ऋतिक अभिनित फिल्म ‘जोधा अकबर’ हिट बन्यो । यो फिल्ममा उनले निकै तारिफयोग्य अभिनय गरेका थिए । ऐश्वर्या रायसँग उनको जोडी निकै जमेको थियो ।  यो फिल्म पछि ‘धुम २’, ‘कृष’ सिरिज हिट बन्यो । तर उनले अभिनय गरेको पछिल्लो फिल्म ‘बैंग बैंग’ले भने खासै व्यापार गर्न सकेन । उनी अहिले फिल्म ‘मोहनजो ढाडो’मा व्यस्त छन् । जहाँ नयाँ नायिका पूजा हेगडेसँग रोमान्स गर्नेछन् । फिल्मको हाल धमाधम छायांकन चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ