arrow

देवानगञ्ज र कप्तानगञ्जमा वीपी प्रतिष्ठानको निःशुल्क स्वास्थ्य शिविर

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
bp_prathistan.jpg

धरान ।  धरान स्थित वी.पी. कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क घुम्ती स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका विरामीहरुको अवस्थालाई ध्यानमा राखेर शिविरलाई शनिवारसम्म निरन्तरता दिइएको प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले बताए ।

शिविरलाई निरन्तरता दिएपछि सुनसरी कै अति प्रभावित क्षेत्र देवानञ्ज र कप्तानगञ्जमा प्रतिष्ठानका चिकित्सकको टोली गई स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

उनका अनुसार टोलीमा डा. प्रशान्त प्रताप साह, डा. रितेश चौधरी, डा. काश्यप दाहाल, डा. अकशत मिश्र, डा. जितेन्द्र ठाकुर, डा. अन्जु शाक्य, नर्सहरु अम्मल राई, श्रृजना प्रधान, सहयोगीहरु राजन कोइराला र खड्ग राउत संलग्न रहेको छ ।

प्रतिष्ठानले प्रभावित क्षेत्रमै शिविर सञ्चालन गरी विरामीहरुलाई निःशुल्क जांच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जचांउन आएका विरामीहरुले बताएका छन् ।

प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी र खानेकुराको अभाव भएको तथा स्वास्थ्य सम्बन्धि चेतनाको कमीले गर्दा जण्डिस, झाडापखाला, ज्वरो, रुघा, खोकी, वान्ता आउने, रिंगटा लाग्ने र छाला सम्बन्धि रोगहरु लागेका विरामीहरु बढी मात्रामा पाइएको र त्यसमा पनि धेरै जसो केटाकेटीहरु रहेको संलग्न चिकित्सकहरुले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ