arrow

सञ्चारकर्मी दुलालको विन्ति (भिडियोसहित)

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
Alina_dulal.png

काठमाडौं । संचारकर्मी एलिना दुलालले हरितालिका तीजको अवसर पारेर ‘विन्ति छ मेरो’ बोलको तीज गीत पस्किएकी छन् । तीजका गीतको मौलिकता हराउँदै गाएको चर्चा भइरहेका बेला दुलालले आफ्नै मौलिक शब्द र स्वरमा पूर्वेली छनकको तीज गीत पस्किएर मौलिकता बचाउको सन्देश दिएकी हुन् ।  

परम्परागत रुपमा गाइने मौलिक तीज गीतको झल्को दिने भाका पस्किएकी दुलालले महिला सशक्तिकरणको आवाज समेत समेटेकी छन् । उनले भनेकी छन्,  “तीजलाई मात्र रमाइलोका लागि नभई महिला सशक्तिकरणको आवाज बुलन्द पार्ने र महिला एकताको सन्देश दिने पर्वको रुपमा मनाइनु पर्छ ।’

राज्यका हरेक निकायमा अहिले महिलाको संख्यात्मक प्रतिनिधित्व भएपनि गुणात्मक प्रतिनिधित्व नभएको चर्चा भइरहेका बेला दुलालले महिला सशक्तिकरणलाई तीजसँग जोड्न खोजेकी छन् ।  

दुलालले यस अघि ‘यो छोरी’ नामक एल्बममा समेटेको ‘देश हाक्ने छोरी’बोलको गीत सर्वाधिक रुचाइएको थियो । महिला सशक्तिकरणका लागि सञ्चार पैरवी समेत गर्दै आएकी दुलाल यसलाई आउँदा दिनमा पनि निरन्तरता दिने बताउँछिन् । उनको यो वर्ष गीतले सानै उमेरमा विहे गर्न नहुने र अबका छोरीले पढिलेखी सक्षम बन्नु पर्ने सन्देश प्रवाह गरेको छ । यो गीत उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजानिक गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ