arrow

चैत्र १२ मा खुल्ने भयो भूकम्पले रोकिएको 'राहदानी'

यस अघि यो फिल्म गत २९ जेठमा रिलिज गर्न लागिएको थियो

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Reema-Biswokarma.jpg.jpeg
काठमाडौं । बैदेशिक रोजगारीको समस्या उठान गरिएको फिल्म ‘राहदानी’ आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ । यस अघि यो फिल्म गत २९ जेठमा रिलिज गर्न लागिएको थियो । गत बैशाखको भूकम्पले यसको प्रदर्शन हुन नसकेपछि राहदानीलाई १२ चैतमा दर्शकमाझ ल्याउन लागिएको यसका प्रस्तुतकर्ता लक्ष्मी ढकालले बताए । 

चलचित्रको लेखक निर्देशक डब्बु क्षत्री हुन् । मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए । चलचित्रको छायाँकन नेपाल र मलेशियामा गरिएको हो । 

राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ