arrow

अनुसन्धान विभागको प्रहरी भन्दै लुटपाट गर्ने फन्दामा

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
police.jpg.jpeg
पोखरा । सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवक प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई आइबार बिहान पक्राउ गरेको हो । 
 
गएको मङ्सिर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र तीन हजार नगद लुटी फरार डोरप्रसाद मगरलाई विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरीका नाममा लुटपाट गर्दै आएका थिए । 
 
जिल्ला अदालत कास्कीबाट जबर्जस्ती चोरी मुद्दामा म्याद थप गरी मगरका गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ