arrow

कञ्चनपुरमा कालाजारका बिरामी

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
suklafata_kanchanpur.png

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा चौधरीमा कालाजार भएको पुष्टि भएको हो । 

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताछन् । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले बताए । एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । 

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् । 

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ