arrow

दिलवालले राम्रो नचलेपछि शाहरुख–रोहितमा टकराव

फिल्मले साेचे जस्ताे व्यापार नगरेपछि दुइबीच अाराेप र दाेष लगाउने काम शुरु भएकाे छ ।

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Rohit-Sharukh.jpg.jpeg
मुम्बई । फिल्म ‘चेन्नई एक्सप्रेस’ पछि बलिउड बादशाह शाहरुख खान र निर्देशक रोहित सेठ्ठी पुनः दर्शकमाझ एकपटक पुन धमाल मच्चाउनका लागि ‘दिलवाले’ लिएर आएका थिए । तर यो पटक भने उनीहरुको त्यो सपना पुरा हुन सकेन । फिल्मले १ सय ५० करोडको आँकडा पनि छुन सकेन, जसकारण शाहरुखको कम्पनी रेड चिल्ली इन्टरटेनमेन्ट र रोहितको व्यानर रोहित सेठ्ठी फिल्मस् बीच टकराव शुरु भएको छ ।

समाचार अनुसार फिल्मले साेचे जस्ताे व्यापार नगरेपछि दुइबीच अाराेप र दाेष लगाउने काम शुरु भएकाे छ ।  रोहितको टिमले फिल्म प्रमोसनका शाहरुखले अन्य फिल्मको जस्तो ‘दिलवाले’लाई प्रमोसनमा समय नदिएको बताएका छन्, भने शाहरुखको टिमले रोहितले राम्रो फिल्म नबनाएपछि फिल्म चल्न नसकेको दाबी गरेका छन् । हालै मात्र रोहितको टिमले शाहरुखको टिमलाई धेरै प्रश्न गरेको थियो । शाहरुखको कम्पनीले चाहिँ फिल्मको प्रमोसन र मार्केटिङ सही हुन नसक्दा फिल्मले सोचेजस्तो व्यापार नगरेको दाबी गर्दै आएको छ ।

शाहरुखको टिमले रोहितलाई जरुरी काम भन्दा पनि बढी विश्वास आफ्नो टिमलाई गरेको आरोप लगाएको छ । तर शाहरुखको टिमले भने शाहरुखले ‘असहिष्णुता’को विषयमा बोलेको कारण पनि फिल्मको व्यापारमा गिरावट आएको अनुमान लगाएको छ । तर रोहितको टिम भने यो उत्तरबाट सन्तुष्ट छैन ।

रोहितलाई समस्या परेको अर्को कुरा के हो भने उनकै कारण वितरकले पहिलो पटक धेरै घाटा खाएका छन् । उनको पछिल्लो फिल्म ‘चेन्नाई एक्सप्रेस’ले ३०० करोड बढी व्यापार गरेर सफलता चुमेको थियो । त्यसकारण पनि ‘दिलवाले’ पनि त्यस्तै व्यापार गर्नेछ भन्ने धेरैको अनुमान थियो । तर १८ डिसेम्बरमा सँगै रिलिज भएको फिल्म ‘बाजीराव मस्तानी’ले कमाईको मामलामा दिलवालेलाई उछिनेपछि शाहरुख र रोहितबीच टकराव शुरु भएको मिडियाले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ